चौध वर्ष पनि भो,बनवाश
शान्ति-शोषण कठै!जन-नाश
नाईकै अब नहुन्,बदमाश
बन्छ यो नरक द्वार,छ आश!
जन्म यो मरण छैन,छ त्राश?
देश-नाश नहुने छ, विनाश!
तन्त्रमा अब त छैन निकाश
ईशकै भजनमा गर आस!
योजना अब जटील छैन नि!
संझना गर मिठाश जीवनी!
माहुरी दश दिशा अझ घुम्छ
गोलमा-मह निकालन पुग्छ!
बुद्ध जन्म नगरी, बन पार!
राम त्याग तपमा,दरवार!
मुक्त भै जनकजी,गर राज
शँकरै अब झरेर समाज!
ज्ञान-तर्क घरमा बलवान
न्याय छर्क सबमा भगवान!
जान्न हा!अब कतै,घर बस्छु
मोक्ष-द्वार भवको बन पस्छु!
देवता नगरमा अब खोज
प्रेमले सरल यूवक रोज!
चेतना अब उजागर हुन्छ
सत्य सुन्दर सरोबर पुष्प
खोज देशभर के छ मुहान?
चन्द्र-सूर्य मिल साँझ बिहान!
ओखती सबल जान छ मंगल्
यो खती,सब ल जान छ जंगल्!
काल छैन अनिकाल छ खल्बल्
दोश ती अब निकालन अम्मल्!
जान्न जान्न नर दाश बनेर
न्याय छैन, नबसौँ न सहेर!
प्रेमले जतिगरे पनि पुग्छ
साथ हो?मुलुकले अब सुन्छ!
जीन्दगी सजग भै तप साँध
राज-रंक नियमले अब बाँध!
अन्धकार तर नासिनु पर्छ
स्वार्थका कसर मासिनु पर्छ!
एक एक गर मानव धर्म
पोख्नु पर्छ अब आंगन कर्म!
छालको लहर पर्खनु पर्छ
होसियार बन,फर्कनु पर्छ!
प्यार ली सफल भो अब जाउ
गाउँफर्क घरवार सजाउ !
जन्मियौँ हिम-शिला छहरामा
मातृभूमि वरदान धरामा!
खोज खोज नहराउ स्वतन्त्र
'होस-जोस-समता'-भज मन्त्र!
त्याग,आदर मिलेर समान!
प्रेमले बन दयालु महान
सूर्य-चन्द्र सबको छ नछेक!
देश-शान्त-नगरी कन के छ?
आउ सज्जन सबै पहरामा
योजना नव गरेर धरामा
ज्ञानले शहर-ग्राम सजाउँ
पर्खिने दिन गयो,अब जाउँ!
छन्द: स्वागता, गण:र न भ गु गु, ७ मा यति
Friday, 21 May 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment