एलर्जी॔को मौसम छ,कहिँ जान हुन्न
पालूवाले आँखा पोल्छ,देख्दा थाहा हुन्न!
आफैँलाई पर्यो जब बुझैँ-सकैँ भन्न
ओहो!डाहा!चिढ़-चिढाहा!गाह्रो हुन्छ सहन!
रहस्यको कुरा रै छ,एलर्जी॔को व्यथा!
पैले-पैले भन्थे याहाँ,लाग्थ्यो-'हैन कथा !',
छोरा भन्छ एलर्जी॔ छ,आमा रुन्छे बरै!
आखाँ झिकी,खाग्सी दलुँ लाग्छ,कठै कठै !
नाक-भरी सिँगान छ,छातीभरी कफ
एक्लो कुना छिरेँ म त,छैन गर्नु 'गफ'!
'टिस्सु'-पनि रित्ती सक्यो,आखाँबाट पानी
बर्षै पिछ्छे फर्किदिने,फेरि रुन्चे बानी!
छिउँ छिउँ र घ्यार्-घ्यारले,राती निन्द्रा भाग्छ!
छाती घाँटी कोरेसोले कोरुँ जस्तै लाग्छ!
आरा-चिर्दा याद आउँछ,करौँतीको चित्र!
चुनेसीको धार पारी,सिधा नाक भित्र !
'ब्लेस्स्यू-ब्लेस्स्यू'-थाकीसकेँ साथी कोठाभित्र
'एकैचोटी दिन्छु अब,दिनभरीलाई मित्र '!
औषधी नै छैन अरे,के हो यस्तो रोग?
दुबै नाक बन्द,खाना,मन छैन भोक!
आँखा कैले नमिच्नु है!पानी हाली धुनु
हात मुख धोइवरी धर भित्र पस्नु!
झ्याल-ढोका थुनिकन-घाँस कैले काँट्ने?
आज मलाई सन्चो छैन,हैन कति ढाँट्ने?
दुखीसके जीउ पनि,बिहानीमै गल्छ,
मौसमको 'पील्' खायो,पीलो जस्तो दुक्छ!
राती भन्यो,बिहानमा,दिउँसोको घाम
जता गयो उतै रैछ,एलरजीको ठाम!
नेपालकै फोहर्मा बरु,कैले रोइएन
मुखमा सेतो बाँधे तर आखाँ मिचिएन!
छ-सात बर्ष भयो,बल्ल देखेँ यसको हावी!
अमेरिकी नगरमा विकाशको दावी!
किन यस्तो हुदोँ रहेछ त?
रुखहरु यहाँ-वहाँ,जता हेर्यो त्यहाँ
पराग र पुष्प-कण,ऋतु-बसंतमा,
भाले-रुख सजिलो रे,सफागर्दा रोप्दा!
किशोरको उमेर झैँ,रुप राम्रा देख्दा!
हेर्दा देख्दा राम्रा-राम्री,भित्र-भित्र ज्वर!
रुख भन्नु मात्रैको रे! छैन केही फल!
बहु शैली,प्रतिभाले देश माथी चढोस्
जन-जाती-समानता,प्रेम-पराग बढोस्!
हामी पनि रुख जस्तै,जमी बसेका छौँ
जाडो,गर्मी,बसन्तमा झुकी झरेका छौँ!
कसैलाई झिझोँ,झन्टो नहोस् वरपर
फुल्नसक्ने खुबी छ है-बास्ना हर हर!
ढाकिदिन्छ परागको-हरीयोले गाडी
रुखबाट बिहानैमा कोठा,बारी भरी
'एसी'-भित्र बस्दा अलि सँन्चो हुन्छ,कैले
खाएँ मह औषधी रे!जानिएन पैले!
झारपात घाँसबाट-हावा सवारले
प्रजनन ईछ्या राखी उड्छन् परागले
उपाय छ केही,बच्ने? के हो लक्षण?
नाक,आखाँ,घाँटी हुँदै,फोक्सो पुग्छ कण!
शरीरले संक्रमण रक्षा परजीवी
गर्नलाई पठाउँछ अणु-सेना-जीवी!
वातावरण परागमै भूली,ठान्छ शत्रु
उपकरण बटुलिन्छ नचाहिदोँ-पत्रु!
आफ्नैलाई ठानिदिन्छ,देख्छ अर्कै रुप
संग्राम र विग्रहमा, युद्ध-जंग खूब!
संवेदनशील कोही साना-साना कुरा
बाधा,विरोध,संघर्षका,अवरोध-नारा!
यस्तै हुन्छ भन्छन् बढ्यो,एलर्जी॔को मात्रा?
लाउनेकुरा,खानेकुरा फलफुल्को जात्रा!
हिजोसम्म खाका थियौ,अब खानु हुन्न?
'कुकुर र बिरालोको नजिक बस्नु हुन्न'
एलर्जी॔ नै भई सक्यो कति झर्को,झुठा
नेपालीको भाषण र 'टाउन्-हल्'-को कुरा!
राजनीति गन्हाउने खेल खेल्थे पैले
समाज्-सेवा अब त्यस्तै भैसक्यो अहीले!
तेरो,मेरो 'कन्भेन्सन'-मा,आउनु पर्छ बाबै
प्राबिधिग्य भन्छ किन? हाम्रै, आउ आजै!
संपर्क-जन-भेला,भैसक्यो गको हप्ता
पत्रकार भन्छ हैन? हाम्रो भिन्नै बार्ता!
कुरै सुन्दा अपचको,मेरै योग्य गोरु
आगो बाल्ने कालु,बरा ! तातो चाहिँ चोरुँ!
जन-जाति,फुटाएर भाँड भैलो गर्यो!
रँग-लिँग-अँग-भँग-'रेड-वाइन्' फेर्यो!
भोज्-भतेर अब देखि नक़ाब लाउने गर्छु!
चुच्चो कान काटिवरी नाक-सानो पार्छु !
रुमालले छोपी वरी जनै,गाँठो,टूपी!
नाम-थर भन्दिन क्यै!हिँड्छु लूकी-लूकी!
आवरण,पर्दा लाग्यो साँचो छैन कोही!
आफ्नो स्वार्थ मिली हाल्यो,खाँचो छैन कोही!
एलर्जी॔ खै?कता गयो?छैन केही पनि!
चिन्दैनन्,सोधैनन् है,को हो 'मिस्टर' तिमी?
डाक्टर भन्छन् इन्जेक्सन र स्वास्थ हेर्नु पर्छ,
प्रतिरक्षा,मुक्ति-लिन, ठाँउ फेर्नु पर्छ!
माकुराको जालो,किरा-किन?फाल्नु हुन्न?
धूलो,कण,सड़ने कुरा घरमा पाल्नु हुन्न!
खाइसकेँ 'जर्टेक','क्लारिटन्'-'आलेग्रा'
'बेनेडल'को कुरा गर्छु,तिमी चाँही गाग्रा?
'सुडाफेड्' त उहीले सकेँ,नाकमा झोल हाल्छु
साह्रै गाह्रो भयो टाल्न-नेपाल जान थाल्छु!
जीउभरी चिलाउँछ,आँखा हुन्छ रातो
स्वाँ-स्वाँ बड्छ शरीरमा,स्वाश हुन्छ तातो!
कहीले छोडुँ जस्तो हुन्छ पार्टी,कुराकानी
छिँ:छिँ:-बुद्धी-भाकाहरु,किन खिँचातानी?
- अनन्तगोपाल रिसाल [17th April, 2010]
Friday, 21 May 2010
पहिलो प्रेममै विश्वासघात किन?
आउँछु भन्थ्यौ,गैसके छौ, देखिँन नि किन?
छाती-चिरी गयौ तर, क्यै भएन-किन?
जान्छु भन्थ्यौ, देख्छु यहिँ, आर्कै भैछौ किन?
दुई-चार थोपा आँसु झारेँ, बिर्सिसकेँ किन?
रातै थिए हात-निधार्,लाहुरियौ किन?
एक्लो पार्यौ स्वतन्त्रता,चाउरियौ किन?
कपाल् पनि फुलेछन् ज्या ! झुस-दारी किन?
'खुशी छु म'-भन्थ्यौ छाडी,टाढा पारी किन?
रोकुँ रोकुँ लाग्छ बाँकी-माया-छैन किन?
आश्वासन धम्की देख्दा,नाता छैन किन?
बन्दै-बन्द कस्लाई खाँचो?रोकिँदैनौ किन?
गरीबीको ढोकालाई धोका भयो किन?
नागरिक-सर्वोच्चता,विकल्पै के, किन?
राष्ट्रिय-स्वाधीनता संकल्पै रे! किन?
बिदेशीको हातपर्ला,बुझ्नसक्छौ किन?
ढुक्क भई भन्न सक्छौ,माग के छ,किन?
जनताको अधिकार खोस्यौ तिम्ले किन?
फर्किने त मन थियो,आन्दोलनै किन?
हारेकाले राज्य गर्ने?जित्नै पर्यो किन?
देशै कहाँ गाको छ र?राजीनामा किन?
सपना कैँ झुठो हुन्छ? उठिहाल्छौ किन?
एक्लो हुँदा थाकी सक्यौ? टुटिहाल्छौ किन?
धनी गरिव् साना ठूला-अझै बाँकी किन?
सत्ता,अर्थ पाएपछी-उस्तै हुन्छौ-किन?
सामन्तीको युग गयो?श्रम मन्द-किन?
साम्य-भाव परिक्षाको-घडी बन्द किन?
पार्टी शिक्षा शोषित छौँ-बन्देज छ किन?
सफलता हुन्छ-हुन्छ,संदेह छ किन?
हार्ने,जित्ने खेल हैन-स्वार्थ राख्छौ किन?
कैले यता कैले उता,'पार्टी'-चाख्छौ किन?
सिद्धान्त र निचोडमा,ध्यान दिन्नौ किन?
गाह्रो भन्छौ?सरल् चाहिँ,मार्ग लिन्नौ किन?
बूढी आमासँग के छ?अँश माग्यौ किन?
छोरी-सानी बेच्ने सूर?बंश मार्यौ किन?
जीवन्-दिन्छु भनाएर,द्यौता पाल्यौ किन?
घर्की प्यारी प्रियसीलाई,सौता हाल्यौ किन?
- अनन्तगोपाल रिसाल (May 06,2010)

गैर-निवासी नेपालीहरु कस्ता छौँ त?
परदेशी हौँ विदेशी,लाहुरे-कामले
चिनिन्छौँ है पराया,ग़ैर-नामले?
स्वदेशमा केको कमि?छैन-अनुकुल?
प्रगति र प्रक्रिया झन्,किन प्रतिकूल?
कोही तीसौँ-वर्षदेखि,विदेश बसेका छन् !
परिवार,छोरा-छोरी,नाम राखेका छन्!
विदेशीको साथलागी,विदेशी झैँ गर्छन्!
भर्खर् आउने नेपालीलाई माया दिने गर्छन् !
छोरा-छोरी ठूला भए,अर्कै हुन्छ सोच !
जतिसुकै सँस्कार पनि,कमी हुने,जोख!
एक-दुई-सँस्था,समाजको-प्रेम,सेवा गर्छन्
कहीले काँही,वर्ष-दिन्मा,नेपाल घुम्न जान्छन्!
सर्कारले स्वागत गर्छ,सम्मान मिली हाल्छ
फूर्सतमा सस्तो सामान,सबले किनी हाल्छ!
दसैँ पनि पर्छ तिथी,टिका टालो लायो!
भोज-भतेर्,मिल्यो भने मन्त्री भेट्न पायो!
गरिवी छ,देश्को-कुरा?वाइन खादैँ गरने?
हिजो रस्सा-जापान्मा,भोलि त्यहिँ झरने?
पशुपति-देवघाटमा-ऐर्पोर्टमा पापा!
काम गरुँ,कुरा हैन!पूगी सक्यो बाबा!
अस्पताल बनेँ कहिँ? जनताले पायो?
शिक्षा-लगानीमा कहिँ?कसले ब्याज खायो?
'हाइवे'-हेर सयौँ वर्ष उस्तै देख्छु म त !
जेठा,माइला,कान्छा आँटु!मिली आइज-लु त!
प्राय जसो आमा-बाको,यौटै हुन्छ कुरा!
'देश-बनोस्,केही गरोस्-जाउ बाबू-उता'!
आमा-बाउले,कसरी र कति दु:ख गरे!
सिकिआउ 'समर'-मा,स्मरण पनि हुने!
बोली शिस्ठ हुन्छ तिन्को,बिनम्र छ चाल!
कैले काँही 'पार्टी' आउछन्,सोध्छन् हाल्चाल!
व्यवसाय,जिम्मेवारी खूबै - दानीहरु!
विशिस्ठको श्रेणी मद्धे पर्छन् यिनीहरु !
नबिर्स,धेरै यस्ता पनि छन् है!
विदेशी झैँ आफू ठान्छन्,तर हानी-बानी!
राजनीति-कूटनिती,नेपालकै बानी!
खूट्टा तान्ने प्रब्रित्ती,विचारमा कम!
खान रक्सी पायो-पूग्यो!भात-आलू-दम!
निस्की हाल्छ असभ्यता,जंगली पारा
हूल्-दँगा,भेट हुँदा,विरोधको नारा!
हामी सबको संघ-संस्था,नाइके चाँही-'म'!
नाम हेर्दा 'डाँ'-लेख्छन्,क,ख,ग,घ-न!
छुट्टा-छुट्टै बसेका छन्,काँग्रेस-एमाले!
माओ-होकी? दर्बारको? आफ्नै गाँउले!
यस्मा छ की? त्यस्मा छ? थूक्क,मसिने!
ठूलै-ठाँउमा छ रे त्यो!मान्छे-मिसिने?
आदिवासी, जनजाति, महिलाको हक
दलित र अपाँङ्गको किन छैन? धक?
ठूलो-सानो को हो अब?को पो?सबै आयो?
साधन र श्रोत कम, कल्ले पैले खायो?
फुर्सतमा ताश,चिया,नारी-भान्छामै !
कुरा उही सार-छैन,बानी-जान्छ?खै?
गिज्-गिजे राजनीति,नेता-साहुको!
आफ्नै मामा-काकाको, ब्यापार बाउको!
आ-आफ्नै-मा रमाइलो,अरु चाहिन्न!
हाम्रै 'ब्लाक-लेबल' छ,अरु खाइन्न!
जागिर-पनि राम्रो छ,जाने डर् छैन!
नेपालमा के नै छ र?अब गईन्न!
जन-जाती यहाँ पनि उस्तै गति-बिधी
बाहुन्,नेवार्,सेर्पा म त!के छ तेरो निति?
'कति वर्ष भयो आको?'-म हुँ ग्याँङ-लिडर?
खुट्टा काप्नुँ हुन्न है,बनौँ हामी निडर!
खिल्ली उड्नु उडेको छ,सत्ता खेल जस्तै
दुईचार जना राम्रा हुन्छन्,अरु जान्छन् फस्तै!
हाम्रै नाता त्यहाँ पनि, नेता हुन पुगे
थाछ? ठूलो योजना त मामा-बाले लगे!
दु:ख गरी नेपाँलाँ-घर जोडेका छन्!
कपाल चाँही दायाँ-वायाँ,मुडेका छन्!
जात्रै पिच्छे-पार्टीमा,हल्ला सुनिन्छ!
खै के भन्ने यिनलाई?'एन.आर.'-भनिन्छ?*
समन्वय-परिषद,संघ-बद्वता
योग-मेल,हुनुपर्ने,छैन एकता !
सामंजस्य देख्दाखेरी,भित्र जातीय!
कुरै सुन्दा लाज लाग्ने!पूरै-प्रान्तीय!
दिन भरी काम गर्यो,साहु रिझिन्छ!
गुन्डा जस्तो बानी छोड,जन-चिढिन्छ?
गर्न धेरै बाँकी छ है,शान्ति-ल्याउ साँझ!
नेपालको गुट-बन्दी,नेपालमै राख!
दुई-चार धन्दा नेपालमा,गरी बसेका छन्!
आफू-लाई के फाइदा छ?खूबै जुटेका छन्!
राहदानी दुई-चार-वटा सँगै राखेका छन्!
लगानी र भ्रस्टाचारमा,थूक्क!फसेका झन्!
पैसो मात्रै ठूलो ठान्ने,आफू निकै जाति
'मेरो लट्ठी मेरै भैँसी'-को छन् हामी माथि?
'डेमोक्र्याट र रिपब्लिकन' मेरा साथीहरु
नेपालमा कुन चाँही पार्टी?भन्नुस् के गरुँ?
धेरै जना मजदूर,मालिक-ब्यापारी
पूंजी-पति धरै कम्,साहु-सहकारी!
हुन्डी-खेल्छन् धनको,डलर-तिम्रो देश?
ढुकुटी र 'म्यारेज'का-उही दाउपेच!
कहीले काँही कलाकार नेपालबाट आउँछन्
पाए यतै बस्छन्,कि त 'ग्रीन-कार्ड'छाप्छन्!
'लटरिमा'-परी हाल्छ?दुई-चार डलर् थाप्छन्
पूलिश आयो यता-बाट-उता तिर भाग्छन्!
नेपालैमा डलर् राख्न,पाइन्छ-पाईन्न?
'फोर-ओ-वन' -खै के भन्छन्?खाइन्छ,खाइन्न?
लगानी र पैठारीको के छ?लेखा-जोखा?
सिकौँ,अर्थ-कानून हो!बस्यौँ-सोझा-भोका!
संविधान बन्दा मेरो,हक हुन्छ हुन्न?
सरकारले-रक्षा धन,गर्छ-गर्दैन?
व्यवसाय जोखिम भए-लगानी भित्रिन्छ?
जीवन भरी कमाएको,कठै!रित्तिन्छ!
उन्नति र प्रगतिमा,नेपालीको हित
माँग्दा-माँग्दै जीवन गो,माँगौ कति सित?
परिवर्तन-अखण्डता,राष्ट्र-एकता!
आज तिमी यता छौ,भोली खोइ कता?
अब के गर्दा सबै(सँघ-सँस्था)को राम्रो होला त?
साना हुन्थे सँघ-सँस्था,सानै थियो सोच
लाखौँ पुग्यौँ हामी अब,आर्कै जोस-होश!
संबिधान यहाँ-वहाँ,नयाँ बन्नु पर्छ!
नियम र प्रेम-साथ,सबले हिड्नुपर्छ!
बाटा अझै सानै छन् है-नेपालको छानो
स्वतन्त्रको देश यहाँ-किन सोच सानो?
'हाइवे हेर!' बने ठूलो-जन अटाउने
यताबाट-उताबाट,कती कुदाउने?
टोलै टोल्मा पैसा चढाउ,कसले नतिर्ने?
बाटो-लामो सजिलो होस्,को छ नछिर्ने?
समयैमा सफा हुन्छ,गति छेक्दैनौ!
साझा सँविधान्,किन छिट्टै लेख्दैनौ?
बीस-छत्तीस-'व्हिलर' पनि,कुद्छ यही बाटो
हिउँ,पानी-पर्दा देख्यौ,खै त धूलो-माटो?
'बाइक','कार',सबै ब्यस्थ-न कोइ जिस्कन्छ?
यौटा छिर्ने सडक छ,अर्को निस्कन्छ!
'वन-वे-हाइवे',पूर्व-पश्चिम सबै उस्तै छन्!
यौटा बुझे पछीलाई अर्को जस्तै छन्!
ठाँउ-ठाँउ विश्राम घर,प्यास-भोकले!
थाक्यौ?लामो बाटो छ है!हिँड होशले!
ढिलो जाने मन भए,दाँया बस है!
चाँडो,लामो बाटो-वाँया,बत्ती बाल खै?
गाडीबाट फोहर फ्याँकु?कहीले नभन!
सेता-सेता बकूल्लाको माछा नबन
असारमा पानी पर्छ,रोकिँदैन फेरि
समयको माँगलाई,कुर्छो?हेरी हेरी?
ध्येय-विन्दु,सफरमा भिन्दा-भिन्दै हुन्छन्!
अगुवाले बाटो हगे,पछी आफैँ पुच्छन्!
हिमालमा पानी पर्दा,खोला नाला बग्छन्
यौटा भीर झर्यो भने-गण्डकीमा पुग्छ्न्!
अर्को तिर झर्ने नदी कर्णालीमा झर्छन्
जुनै बाटो लिए पनि समुद्रमै खस्छन्!
सँग्रहालय बन्नु पर्छ,पूजा गर्ने ठाउँ
झाकिँ,लूगा,बास्तु-कला,दर्शन होस् गाउँ!
हाम्रा धर्म-ग्रन्थ आस्था,प्रसारिनु पर्छ
भाषा-भाव यूवालाई चाँडै दिनु पर्छ!
मिलेमतो-बिचारले सँघ-लानु पर्छ!
सँगै खेती गरिवरी,मिली खानु पर्छ!
मिल्ने कुरा छँदै छैन,आफ्नै ठूलो 'ग्याँग',
पाट्-पूट,थिच्-थाच्-यौटै मूलो-ड्याँग?
मन्दिर खै?गुम्बा काहाँ?तिम्रो पूजा-आजा?
आस्था तिम्रो साझा राख,सधैँ है ताजा!
हिन्दू-बन,बुद्ध-भन,प्यार बढाउ!
लोसार र तीज अझै,त्योहार मनाउ!
देउसी-भैली सबको भलो समादर गर
मीठा मीठा गीत गाउँ,गाउँ-जाउँ घर!
नीति सबै हाम्रा लागी,समान हुनुपर्छ,
त्यो त हाम्रै साधन,स्रोत,क्षमताले हुन्छ!
नागरिक पत्र किन्यौ?हिजो के नै थियौ?
नेपाललाई कति दियौ?कती चाँही लियौ?
'हो हजुर्,जी हजुर्-लाल्मोहर लिनोस्!
मेरै भाई-भतिजालाई,सचिवमा दिनुस्?
हाम्रा मन्त्री तिनै हुन् रे!भित्री कुरा सुन!'
लौ है नेपाली हो!उठ!जाग!बुझ!भन!
छाला ओड्यो भन्दैमा,चाम्रा हुन्नन् सबै!
बाहिर बस्यो भन्दैमा,राम्रा हुन्नन् सधैँ!
विचार र मान्यताको,प्रशँसक बन!
समाज र सभ्यता त-तिम्रै हो नि धन!
'कुरा सुन्दा निकै,आहा!चिया-चुरोट खायो,
दुइ-चार्-जाना मिले भने,गीत पनि गायो!
बैठकमा फोटो-खिच्यो,गाँउ-गोल-बार्ता!
नाम कस्को राख्ने भन?बल्ल हुन्छ-जात्रा!'
जे काम् गर,अगाडि चाहीँ-देश नबिर्स है?
धेरै काम बाँकी गर्न,दोहोरो-नसिर्ज है?
सबै जना योउटै ब्यापार्?योउटै-काम किन?
कसले गर्छ-काम राम्रो? जरुरी छ,चिन!
अलि अलि काम गर्यो,ठूलो भन्ने बानी!
घर्-घरै पुगी सके?हिमालको पानी?
बत्ती-बले आँगनमा?बाटा पूगे घर?
जब पूर्ण-सिक्षा मिल्छ,अनि कुरा गर!
हात-देउ,हात-लेउ मिलिमिली बस!
काम सबै राम्रा गर्छन्,बाँड तिम्रो जस!
समाजमा उदारता-काम गर्ने कालू!
जीवनमा-मित्र-शत्रु?मकै खाने भालू!
------------
कोही आयौँ एकै चोटि,कोही बिस्तारै!
काम गर्छौँ मरि-मरी,चिन्ता बिर्सेरै!
जति-सुकै सहर् मा,अझै-गाँउले
सिधा-साधा जीवन छ,नाच्ने-गाँउने!
सयौँ वर्ष भयो तर,उही स्वरुप!
हामी पनि भुटानी हौँ,देश-अर्को-रुप
हज्जारमा आएका छौँ,तर यो देश!
स्वागतले-स्वत्रन्त्र छ,जस्तै परिवेश!
अमेरिकी-क्यानडा,चीली-चाइनाको
लन्डन-छौँ,स्विजर्ल्यान्-धेरै कोलोम्बो!
जापानमा,युरोपमा,अफ्रिकामा पनि!
अस्ट्रेलिया,सिँगापूर नेपालीको धनी!
नेपाल हो स्वर्ग-भुमी,ईछ्या मात्रै गर!
विश्व घुम्यौँ?कहाँ छैनौँ?नेपालीको घर!
सबै जना मिल्यौँ भने,बन्छ यहाँ-वहाँ
स्वर्गै बन्छ मन मिले,जहाँ बस्यौ त्यहाँ!
मीठा-मीठा सपना छन्,साथी-भाइको
लाखौं खर्च गरेरै नि,विदेश लागियो!
जसो-तसो टरी-जाला,मिली निकासी,
नेपालीको सेवा-गरौँ,गैर-निवासी!
-अनन्तगोपाल रिसाल [3/13/2010 Tuesday]
{*NR=Non-Representative,Not-Respected,Narrowly Reprehended }

नयाँ वर्ष २०६७!
नयाँ वर्ष उमंगमा,उत्साह नयाँ जागोस्
घर भित्र-घर बाहिर,बसन्तले छावोस् !
नेपालमा,विदेशमा शान्ति देख्दै जाउँ!
लामो यात्रा ईश्वरको आशिर्बाद पाँउ!
रक्त,हिँसा,अन्यायको मलम छ? घाऊ
संविधान,नियमको कदर गर्दै जाउँ !
हिजो सानो थियौँ अब बढ्यौँ,बुझौँ,ज्ञानी
मिलिजुली बसौँ अब बनौँ भाग्यमानी !
हामी आफू मिल्यौँ भने,कसले के नै भन्छ?
नेपालीको सम्मानले देश बन्छ बन्छ!
छोडौँ स्वार्थ बनोस् राष्ट्र,कति बाँच्नु छ र?
सम्मान गर्न सक्दैनौँ त,सद्ब्यबहार गर!
नेपाल भित्र-बाहिर हाम्रो,क्रान्ति-सँस्क्रितीको
स्वाभिमानी,आत्म-निर्भर् रक्षा प्रकृतिको !
गाउँ-गाउँ पूगोस् बत्ती,पानी,शिक्षा-घर!
बाटा बनून् फराँकिलो प्रेम-फलुन् तर!
जुनै देश चन्द्र-सूर्य उस्तै हुँदो रैछ
मन पनि खुशी हुने,दुखे रुँदो रैछ!
आपसको लगानी र हातेमालो काम
मेहनतको कमाई छ बाँडौ चारै ठाम!
हाम्रो परिवार ठूलो,भिन्न हुनुहुन्न !
भडुँवा को? चिन,बुझ भर गर्नु हुन्न!
जाति हामी धेरै-थरी,जात भिन्न भिन्न!
समानता,मिली-वरी दिनु-हुन्न छिन्न!
दाँया हेरौँ वायाँ हेरौँ, गरौँ सम्मान!
मूल-मन्त्र,नबिर्सौँ है,नेपालको गान!
पर्खाइ र फर्काइमा-खेल्यौँ लूकामारी
मिलौँ अब सबै,सधैँ उन्नतीको लागि!
जीर्ण मन्दिर भत्कदैँछन्-नयाँ थपिँदै छ!
भूइँचालोको के नै डर?हिमाल चर्कदैँछ?
स्वर्गद्वार-खुल्ने क्रम फुल बर्सदैँछ!
आशावादी जनताको विचार फर्कदैँछ!
कति गह्रौँ बोकी सक्यौँ,अझ कति भारी?
जानु पर्ने टाढा टाढा,हिमालको पारी
जाडो हुँदा-न्यानो बसौँ,मिली गुटुमुटु!
दु:ख भन्नु जीवन हो,देश हाम्रो मुटु!
तिम्रो हाम्रो जाने ठाँउ,छैन देश अर्को !
जता गए पनि आफ्नै आँउछ झझल्को
नदी बग्छे समुद्रमा,हिँउ बनी झर्छे!
गन्तब्य हो नेपाल हाम्रो,पूग्ने यौटै लक्ष!
ऐश्वर्य र सम्पदामा-सँस्कारको बास,
राम्रा राम्रा सपनाले,नाशै गरुन् त्राश!
गरीव र असहायको हात-थामी जाँउ!
नयाँ वर्ष उमंगमा नयाँ गीत गाँउ!
-अनन्तगोपाल रिसाल [12th April 2067]

नेपालीका सीमा रहित राजमार्गहरु!
नेपालको कठीन राजनैतिक,सामाजिक अनि आध्यात्मिक कान्लाका गोरेटाहरु अब राजमार्गमा एतिहासिक तरहले फराकिँलो बन्ने तर्खरमा छन्, यसमा नेपाली अथवा गैर-नेपाली कसैलाई पनि भ्रम नहोस्! यस प्रयासलाई नकार्नु भन्दा सकारात्मक रुपले संझेर, पूराना गल्तीहरुलाई सच्याएर लानु नै हामी सबै नेपालीका (यहाँ र वहाँ) लागि हितकारक, महत्वपूर्ण र रोमान्चकारी विषय हुन पुगेको छ! यो कुरा बुझ्न सक्नु पर्छ की आजको सानो निर्णयले भोलीको संब्रिद्धिशाली नेपाललाई ठूलो योगदान पुग्नेछ! अहिले सम्मको राजनैतिक माराकाट, क्रान्ति, मत-भिन्नतामा भएका खिँचातानी-पृष्ठभूमीले आर्थिक, नैतिक ह्रास गराएको छ! धेरै-धेरैलाई टूहुरो,विधवा र घर-विहिन पनि! अग्रगमन भनेको के हो त? अगाडी बड्नु,सोचाइलाई अगाडी बढाउनु र सम्पूर्णरुपले उन्नत भविष्यको ब्वक्तिगत, सामाजिक, राष्ट्रिय बहु-आमयिक सुधारका परिकल्पना एवँ परियोजना गर्नु! राजनेता,सामाजिक नेता, पत्रकार, सेवी,पंणित र आध्यात्मिक गुरुहरु सबैले के सजिलो गराइदिनु पर्यो की साधरण भन्दा पनि साधरण जनतालाई यी बिभिन्न बिधाहरुमा सरलीकरण,लचकता अनि नैतिकता बोल्नु पर्यो!
सबै चुनौती सजिला हुँदैनन्,राजमार्ग त्यसै बन्दैनन्! त्यस्का लागि पूर्ण समर्पणको जरुरी हुन्छ! यो कुनै बर्गीय, जातीय, राजनैतिक मार्ग होइन की जो एकलै पूर्ण छ या पुरिन सक्ने खाडल छ! यी आधारभूत मानवीय मूल्यको जगेर्ना गर्न सबैले सधैँ प्रयत्नशील र सहभागी हुन सक्नु पर्छ! चाहे प्राविधिक होस् वा चाहे धार्मिक बिधा होस् - सबैको राजमार्ग बन्ने प्रक्रिया झन्डै उस्तै उस्तै हो| हुन त प्राय: सबै सभ्यता, संस्कृति, राष्ट्र, मान्यता, मानव-मूल्य आदिका राजमार्ग यसरी नै बन्ने हुन्! राजमार्गका लागि पूर्बाधार भनेको जन-शक्ती हो, त्यो हामी कहाँ प्रसस्त छ! गुणस्तर हो, त्यो पनि हामी सबैमा सजीलै सँग सिकाइन सकिन्छ! सम्मिलित समाधान हो, त्यसलाई अलिकती दिनु र लिनुको - नियम बुझ्नु छ! निस्कर्षमा के भन्न सकिन्छ भने - नेपालीहरु जातैले राजनीति बिधालाई मात्रै ठूलो मान्छन्-जवकी संसारमा हेर्दा अन्य मान्य बिधामा पनि उत्तिकै सरिकता हुनु पर्यो! हामीले एक पक्षीय राजनितिक निकाशलाई मात्र स्थान दियोँ - दिनु पर्ने महत्वपूर्ण निकायहरु निकै थिए! सँसारले सिक्न सक्छन् भने अब हामी मेहनती उदार नेपाली पनि सँसारमा पुगिसकेकाले असंम्भव छैन! हाम्रो भाग्यशाली भविश्य तपाइ र हाम्रो हातमा छ! अहीलेलाई 'तपाइँ' भन्दा संम्पूर्ण संसारमा फैलिएका गैर-आबासीय (असिमित-सीमा रहित नेपाल बाहिर बसेका) नेपाली भन्ने बुझिदिनु होला! 'हामी' भन्दा नेपाल मूल भएका; नेपाली मन, पन र नेपाल प्रति प्रेम भएका; नेपाल बाहिरका, भुटान, भारत, यूरोप, अमेरिका र अन्य जो नेपाललाई सँपन्नशाली बनाउन, देख्न चाहने बिदेशका नागरिक आदि छन्-तिनलाई पनि बुझिदिनु होला! पूर्ण समीकरणका लागि यी सबै राजमार्गहरु परिपूरक छन्! यी बिभिन्न राजमार्गका गरिनुपर्ने गति निर्धारण,चालकका लागि सन्देश,सुरक्षित यातायात नियमका बारेमा भने फेरि अर्को कलम चलाउनु पर्ला!
राजनैतिक राजमार्ग:
देशको राजनैतिक रेखाँकन,सीमा, परराष्ट्र निति, आन्तर सुरक्षा, न्यायपालिका, ब्वबस्थापन,कार्यपालिका आदि राष्ट्र सँचालनका लागि चाहिने पूर्बाधार हुन्! यी भएपछी मात्र सामाजिक मूल्यताको कदर हुन्छ र सार्बभौमसत्ताको परिकल्पना गरिन्छ! राह्दानीको सहि परिचालन, गैर-प्रवासनको सामूहिक ब्वबस्थापन गर्न सक्नु आजको आदेश,जन-अधिकार र अनिवार्यता हो! जहाँसम्म राजनैतीक दलहरु पनि किन थरि-थरिका बनेका छन् त भन्ने प्रश्नमा पनि बिस्तारै सुधारिएको प्रणालीको सिर्जना भैरहेको छ! हिजो सयौँ दलहरु अब ५-१० मा मात्र पूर्णरुपले राष्ट्रिय स्तरमा देखिने छन्! काँचुली फेरिदैँछ, नयाँ यूवाहरुको खोज, जोसलाई समायोजन गर्न नयाँ राष्ट्रिय दलहरु खोलिएलान! भोलि सायद ती पनि २ र ३ मा मात्रै देखिएलान्-जसले गर्दा जन-साधरणलाई बैचारिक बिबादमा सजिलो सँग निस्कर्शमा पुगिने स्थितीको सिर्जना हुन्छ! पूर्व-कालका सबै कुरा नराम्रा थिएनन्! राम्रा राखिनु पर्छ, नराम्रालाई निखर्नु पर्छ! यो केवल राजनीतिको मात्रै नभएर, धर्मको, मान्यताको, जन-जातीय संस्कारको पनि आंदोलन हो! दीर्घ-कालका लागि, निकै उचाईमा पुग्नका लागि पहिलो पहल हो!यिनै प्रगति र उन्नतिशील,मानसिक उत्थानका भाव अनि गतिको संचार बिभिन्न धरातलबाट भइरहेको छ!हुन त राजनितीमा सबै ब्ववस्थापन नितिहरु अन्तर्निहित हुन्छ नै तर पनि कार्य बिभाजनका हिसाबले यस लेखमा अरु राजमार्गलाई पनि व्याख्या गर्नु उपयुक्त होला!
सामाजिक राजमार्ग:
हामी पहाड,हिमाल र तराइका नेपालीहरु संसारमा - बिस्तारै अनुकूल बातावरणमा कतै बिस्तापित हुँदैछौँ त कतै सरल तरिकाले समायोजित पनि! समाजमा बसेपछी त्यहाँ भएका,रहेका सबै सामाजिक प्राणीको उत्तिकै आदर,सम्मान र ब्यवस्थापन हुनु जरुरी छ! हाम्रो भू-भाग र प्राक्रितिक बनोटले पनि यही भन्छ की हाम्रो सामाजिक विलयन अनि अनावरण भएको छ! एकातिरबाट भारत-भूमी चुँलिदै छ त अर्कातिरबाट तिब्बतीय उपत्यका पनि मैदानबाट उक्सिँदै र फैलदैँ छ! यो नेपाल र नेपालीको लागि ठूलो भाग्य र अवसरको विषय पनि हो! जसरी सनातन धर्ममा जन्म र कर्म दुबैको उत्तिकै प्रतिष्ठा छ, त्यसरी नै त्यस्ता असाधारण पूण्य-भूमीका बिचमा नेपालको जन्म हुनुमा हामी नेपालीले गर्व गर्नु पर्छ! जसरी हामी हाम्री ब्यक्तीगत आमाको प्रसंशा गर्दछौँ! नेपाली हिम-श्रीँखला-दैवी परियोजनाले मात्र यो मानचित्रमा जन्मे देखिनै पाएका छौँ!अब त्यति मात्र भएर पुग्दैन, त्यो प्रादेशिक बनोटलाई, ठूलो मौक़ा सँझेर हामी सबैले त्यसबाट मिल्न सक्ने जागरूक अर्थव्यवस्थाको संरचना गर्न सक्नु पर्दछ! विश्वका बिभिन्न राष्ट्रका नागरिक,सँस्कार र धर्मको मिलन विन्दु या धरातल बनेको छ, आजको नेपाल! आजको बैज्ञानिक यूगले अनुसन्धान गरिसकेका मानेका,बिश्वाश र पत्यारलाई हामी नेपालीहरुले जैबिक रुपले होस् या प्रसोधित जडिबूटिका रुपमा होस् बचाएका छौँ! स्वच्छ,दूर्लभ पानी विश्वलाई पिलाउन सक्छौँ! अझै सौर्य,हावा,पानी र बातावरणीय शुध्दताका बारेमा पाठ पढाउन सक्छौँ! ती सबका लागि पनि, एउटा असीमित सामाजिक नव-जागरण र अभिनंदन गरिनु जरुरी छ! आदर,सत्कार हाम्रा अर्का विशेषण हुन्! नेपालीको भेष-भुषा,खाना,चाड-पर्व,तिथी-उमँग अनि सत्कारलाई अब अर्थशास्रीय शुत्रहरुद्वारा पनि हेरिनु पर्दछ| गतिशील समाजका लागि कति संभव होला त कति बिलासितताका साधन,कारण मात्र बन्लान्!यो सबै राजमार्गका नियम,साधनका रुपमा निर्धारित गरिनु पर्दछ! संघ-सस्था भनेकै समाजमा भएका सदस्यहरु र समाजको सामुयिक सेवा र प्रयोजनका लागि बनेको बिना भित्ताको एउटा काल्पनिक भवन हो,सीमा रहितको राष्ट्र हो| उदार संस्थाको उदार कानून,नियम र सँविधान हुन्छ! व्यवस्था हुनु राम्रो खुट्किला हो तर आफैँमा त्यो परिपूर्ण हुँदैन,पालना हुनुको महत्व छ!
प्राविधिक राजमार्ग:
पूर्व पश्चीम उत्तर दक्षिण राजमार्गहरुको योजना र त्यस्मा लगानी जरुरी छ! पेशागत,व्यवसाय-संबंधी उत्थान र तिनका गुणस्तर प्रतिपादन र ब्यवस्था वितरण गरिनु पनि अत्यन्त जरुरी छ| शिक्षागत छान-बीन,आंकडा संकलन र साधन,श्रम,सीप संरक्षणका लागि पनि एउटा वास्तविक राजमार्गको परिकल्पनाको खाँचो छ|कुन प्रविधीमा कस्तो जन-प्रेरणाको आवश्यकता छ, कुन सेवाको प्रचुरता छ त्यस्का बारेमा प्रभावकारी अनुसंधान,परिचालन गरिनुको पनि उत्तिकै निर्णायक भूमिका छ! जसरी विद्या सपन्न ब्यक्तिमा बिनयता हुनु जरुरी छ त्यसरी नै प्राविधिक ज्ञानको बिभिन्न सरल प्रकारले जन-पेशागतको जगेर्ना गर्नका निम्ति त्यसको प्रसार,प्रचार गरिनु लेखा-गणना हुनु पर्दछ| ब्यापारिक, स्वास्थ संबन्धी, पत्रकारिता, न्यायिक, आर्थिक, भाषिक विद्वानहरुको समूह र संयन्त्रको बिसौँ शताब्दिमा असाधारण उपयोगिता पनि छ! प्रतिरूप प्रणालीको खन्डन गरिनु पर्छ! विषेश गरेर सामाजिक संघ-संस्था खोलिँदा जसरी नामको अन्वेषण र खोज गरिन्छ त्यसरी नै संघ-संस्थाको मूल उद्देश्यको खोज गरिनु र सरलीकरण गरिनुमा धेरै समय र साधनहरुको मितब्ययिता हुने छ! जन-साधरणलाई नीति बुझ्न,सिद्धांत समझिन र आदर्शको अनुभुति गर्न सजिलो हुन्छ! कानुनी मार्गमा बिधिको शाशन होस, दण्डहीनताको अन्त्य बनोस, मानव अधिकारको रक्षा होस, भ्रस्टाचारको सदा सदाको लागि अन्त्य होस! वातावरणीय मार्गमा जलवायु प्रदुषणको अन्त होस्, प्राक्रितिक संरक्षण होस्|गाँउ गाँउमा बिना-तारका स्वस्थ संयन्त्र र सेवाहरुको उपलब्ध होस्! गुणस्तर शिक्षामा पूर्ण लगानी वढोस्!
आर्थिक राजमार्ग:
सबै राजमार्गका धेय विन्दु नै अर्थतन्त्र हो! अर्थ बिनाको प्रगति र संस्कार र नैतिकता बिनाको मनुस्य गतिहीन र अर्थहिन हुन्छ! हाम्रै अथाह जल-राशी हामीलाई अफाप सिद्ध नबनोस्, हाम्रै जन-राशी हाम्रा उन्नतीका काँढा नबनुन्! हामी अर्थले पनि साह्रै गरीब छैनौँ, हाम्रो मानसिकतामा गरीबी पन देखिन्छ! राष्ट्रिय श्रोत साधनलाई केबल यौटा बर्गले मात्रै उपयोग गर्न पाँईदैन! स्थानीय तथा समानुपाती लगानीमा राष्ट्र र संविधानले कुनै पार्टी र समुदायको आर्थिक हित मात्रै सोच्नु हुँदैन! योजना नगरिएको आफ्नै धन-राशीले कालान्तरमा आँफैलाई उद्योग र विकाश गर्नमावाधाले नपिरोस्! पूंजीवाद र उत्कृष्ट स्थलगत हाइवे र सूपर-हाईवेको कल्पना गर्दा तिनमा हुने यातायात बोझ र नियम, नियन्त्रण सहि हुनु जरुरी छ! अर्थव्यवस्थामा नयाँ परिवर्तन ल्याउन टिकाऊ वस्तु, गुणपूर्णता, निर्माताको लगानी, पैठारी, घर-बिक्री बितरण, व्यापारिक मालको बिक्री तथा अंतर्राष्ट्रीय व्यापार, कृषि आदिको सुपरिचालन पर्दछन्! बस्तुका उत्पादन प्रणाली,वितरण जस्तै तीनको सेवा खपतको पनि अर्थव्यवस्था छ! आर्थिक समस्याको रूप र तिनका सिद्धांतको विष्लेषण पनि चित्रण गर्नु पर्छ| परिमित उत्पादित साधनबाट यो प्रमाणित गर्न सकिन्छ की कुनै पनि समाजको अर्थ ब्वबस्थापनमा बस्तुको मूल्य निर्धारण र नियन्त्रण गर्न स्थानीय रुपले सकिन्छ! आर्थिक जागरण आइसकेको छ! हामीले हाम्रो भू-भागबाट चिन र भारतको अर्थ-ब्यबस्थालाई सबै राजमार्गमा उदार पन देखाउन र आफ्नो पनलाई पनि जगेर्ना गर्न ठाँउ-ठाँउमा बहस चलाउनु जरुरी छ! विश्वका संपूर्ण नेपालीहरु मिलेर नेपाल भित्र र बाहिर पनि कसरी तिनका लागि सामाजिक ब्यापार, कारोबार र सेवा सहयोग गर्न सकिन्छ भनेर सोचनु आजको आपसी आवश्यकता र अनिवार्यता हो! न्यूनतम पाश्चत्य शिक्षामा हाम्रो कमी छैन तर निरंतरताका लागि अब केबल विश्वाश सहितको पूर्विय संस्कार र सचेत-पूंजिवादको आवश्यकता देखिन्छ! प्रशोधित जडिबूटी, जैविक खाद्द्यान्न, प्राक्रितिक शक्ति,अथाह स्वच्छ पानीका भण्डार तिनका उदाहरण हुन्!
आध्यात्मिक राजमार्ग:
हामी नेपाली अध्यात्मका जन्मसिद्ध साधक हौँ ! हामीले हाम्रो अस्तित्व, प्राक्रितिक सँस्कार २-४ दिनका लागि बिर्सिएका मात्र छौँ - नष्ट गरिसकेका छैनौँ ! अवश्य हराएका छौँ, गुमाइसकेका छैनौँ| हराएको कुरा फेरि पनि सजीलै संग पाउन सकिन्छ-ठिक ठाँउमा खोज्यौँ भने! हिजोको अज्ञान आजको बैभव हो! हिजोको भ्रमबाट हत्यारा भएका रत्नाकर आजको ब्रह्मर्षी वाल्मिकी हुन्! सँस्कारले हामी हिन्दु, मुस्लिम, क्रिस्चियन, बौद्ध-धर्मा-अबलम्बीका घरमा, रास्ट्रमा जन्मिए पनि समाजको मूल्यता, कानून र व्यबहार पनि उत्तिकै रास्ट्रका हितका लागि अपनाउनु पर्छ! जस्तो-भनौ न-हामी हिन्दूहरु मन्दिरमा बली चढाउँछौँ ! त्यो तामसी प्रब्रित्ती हो! यो सामंती, पूजिँबादीहरुले सरल,सात्विक जनता माथि लादिएको हिंसात्मक परंपरा हो! यिनै कारणले हामी, हाम्रा बालखहरु, आज हाम्रो समाज क्रूर बन्यो-सोच्नोस! वातावरण दूशित बन्यो र सँस्कारमा कमजोरी देखियो! हामी देश भक्तले अब यो सोचौँ -यसलाई राजनैतिक,वैज्ञानिक -जुन सुकै सजिलो तरिकाबाट होस्, मन्दिरबाट हटाइनु पर्यो!
क्षमा, दया, आत्मीय सम्मान गर्न सिकाउने बिधा,मात्र आध्यात्म हो! धर्ममा बिवाद होला तर परमात्ममा हुँदैन| नैतिकतामा बिबाद हुनु हुँदैन! यो सबै विधाबाट सम्मानित हुनु पर्दछ! यसले मनोबल दिन्छ, हौलसा र सदाचार सिकाउँछ! मानवता धर्म, पूर्ण मौलिकता र कर्तव्यपरायणता जस्ता विशेषणलाई सघाउँछ! अध्यात्मताले विश्वका कुनै पनि राष्ट्रको वास्तविक स्वरुपको दर्शन गराँउछ! अर्थ, धर्म, संक्रितिमा गरीब भएकाको सही पहिचान पनि अध्यात्मले गर्छ! अरुको विश्वाशमा अश्रद्धा नजगाँउ, आफ्नो श्रद्धालाई अझ सामन्जस्यले परिमार्जित, नैतिक र दिगो गराँउ! मन्दिरहरुमा बली प्रथाको अन्त गरौँ, धार्मिक सँगठनहरुलाई समायोजित गरी अझ संगठित गराँउ! प्राणी-प्रेम, न्याय, समानता, ईश्वरीय भावलाई कदर गराई समाजमा सद्भभावनाको पूनर्जागरण गरौँ! अध्यात्म साधकले बुद्ध र शिवमा फरक देख्नु हुँदैन! कृष्ण र क्राइश्टमा शँका गर्नु बिना तर्क र निरर्थक छ! यी सबै धर्म,संस्क्रिती र परंपराका धरातल हुन्-न की अध्यात्मका! अध्यात्मले संपूर्ण प्राणीमा सद्भाव बढाउँछ! हाम्रो भौगोलिक परिधीले हामीलाई अध्यात्म साधनामा निक्कै सजिलो गरिदिएको छ! दिव्य दैवी सति शक्ति तथा पवित्रता सिर्जेको छ! सात्विक सुंदर शिवालय दिएको छ! अपूर्व र उत्कृष्ट विवेक चुरामणी र बुद्धात्माहरु उत्पादन गरेको छ! विविधतामा एकताको वोध, अतिथी सेवा र सँस्कार सिकाएको छ! हामी यी कुरा विश्वलाई सिकाउन सक्छौँ - आफूमा विश्वाश गरौँ, हाम्रो सँपूर्णरुपले राजमार्गहरु फराकिलो हुनेछन्! अन्तमा, यी सबै राजमार्गहरुलाई व्यवहारमा ल्याउन सकियो भने समाजको विभिन्न बर्गीय असन्तुलित धरातललाई पनि सम्म गराउँने प्रयत्न अबश्य गर्छ सकिन्छ!
-अनन्तगोपाल रिसाल [23rd April,2010]

गजल: हीम-नदीका स्वतन्त्र मार्ग!
टल्कन्छ ताज तिम्रो, छन्-श्वेत बस्त्र मल्मल्
उत्साह प्रेम-गर्मी, झर्छ्यौ अथाह कल्कल्!
आवाज गर्जिए-झैँ चट्टान फोडिदिन्छु
ज्युँदो जवान मेरा,छाडा छ अँङ्ग चन्चल्!
'छोरी नजाउ काहिँ,संसार यो गजब् छ!'
'छोडेर-जान्छु'-भन्छ्यौ?उर्लन्छ अश्रु भल्भल्!
जँघार-गल्छि खोज्दै, भौँतालिदैँ म डुल्छु
संजाल ताल बाढी मैदान जम्छु चल्बल्!
लाजै बिसाइ शर्मी,नँगा बनेछ यौवन्
थाहै नपाइ वर्षौँ-बर्षात हीम जंगल्!
छाँगा-लछाँङ्ग मार्दै,बड्दो छ श्वाश हर्दम्
थाकी नदी निदाँए?छौ-श्वेत,पाऊ ढल्मल्!
सन्तान-संततिको बर्सेर वंश बढ्ने
पग्लेर बर्फ माथी,उर्लन्छ भेग छल्बल्!
लच्केर जंङ्ग-पठ्ठा, वीलासले चहारी
गाउँ शहर् बनी गो, ठूम्का लगाइ अन्चल्!
छोरी सरी बुहारी,मेला छ जानु चाँडै
बोक्नैछ अन्न अमृत्, गर्दिन धेर अल्मल्!
मिल्नेछ साथ लागुँ,संगी नछोड आवो
पुग्नै छ ध्येय-विन्दू,आफ्ना लिएर दल्बल्!
गोडेर,कर्म-लेखी संस्कार ती जगाँए
बस्ती उदार मन्ले,गर्दै विचार अड्कल्|
बाँधेर खै? नराखे,चित्तै-सरी म घुम्छु
धोका-त भट्कदाँमा,रक्षा-छ बाँध चुल्बुल्!
आत्मा छु पूर्ण यौटा,आस्था-निवाश प्यासी
लौ! साधना उघारी,पोखेर अमृतै-जल् !
बस्दीन ठाँउ रोजी,पुग्दै म ज्ञान दिन्छू
जागी सचेत त्यागी,सौजन्य पूर्ण-अक्कल्!
छोड्नै छ शैल-धर्ती,संदेश यो फिँजाई
संसारमा छ पुग्नु, पन्छाइ धेर हल्चल्!
आँटे अडीक बाटो,आस्था स्वतन्त्रताको,
यात्री समूद्र मिल्दा,गर्दिन केहि खल्बल्!
साथी सम्हाल मेरा,रक्षा गर्यौ किनारा?
बाला बनेँ म वृद्धा, काँपे नशा-लु दल्दल्!
जन्मेर शैव भज्थेँ, झूकी म बुद्ध मार्गी-
सिन्धू बढेर सागर्-गँगा छ कृष्णजी-जल्!
सम्झी नराख माया,उड्नेछ बिर्सि को हो?
जो पुग्छ स्वर्ग गँगा,चँगा म खस्छु ढल्पल्|
ईछ्या उडे अकास्सी, मैदान लक्ष्य हुन्न,
खै! नष्ट त्यो नहुन्जेल्,गाढा रहन्छ झल्झल्!
घूम्दै निवाश खोज्दा,बिर्सी कहाँ म पुग्छु?
जन्मेँ बिकार झन्झट्,फर्किन्छ फेरि-तल्तल्!
उर्लेर ज्वार ठूलो, मत्थर् गराइ दिन्छु
विक्षेप तीब्र शक्ती, स्वीकार स्नान खल्खल्!
यो जन्म जन्मको खेल्,खारेर मृत्यु सैया
बाफै-बदल्-हराई, हिम्का शिखर्-म सल्बल्!
आकाश गर्भीए झैँ, चट्याङ्ग मोडिदिन्छु!
आगो बनेर धर्ती, वर्लन्छु मार्ग झल्मल्!
शीतल् पवित्र आशा, फर्क्यौ? अचाह टल्पल?
टल्कन्छ ताज तिम्रो, सौजन्य बस्त्र मल्मल्!
-अनन्तगोपाल रिसाल [30th April,2010]

गजल: जनतन्त्र यो उपदेश र परीक्षा!
जन्ता छ हेर साक्षी,खोजे छ मिल्छ शिक्षा!
मागेर मिल्दछन् क्यै ! खोसेर लिन्छु भिक्षा?
मौका छ जीन्दगीमा,मिल्दै छ जानु दिन्दिन्
पढ्दै बढेर साथी-जान्छौ घटेर कक्षा?
धेरै गरीब धन्ले,मन्को छ आलसी पन्
च्यातेर हेर्छु के छन्?दिल्का अनेक ईक्षा!
उत्थान धैर्य गर्छौँ?सिक्दै निकास यात्रा,
सम्मान शान्तिलाई,सद्भावको सुरक्षा!
आफ्ना त छैन कोही,भेट्नु छ नम्र सज्जन्
सिक्ने रहर् पलायो,जीवन्त-भाव दिक्षा!
थोरै छ श्रोत-साधन्,लैजाउ दिन्छ सोधी
हल्ला छ बन्द गर्ने,खै के विकाश,रक्षा?
राणा हटेर गैगो,राजा मिलेर द्ल्दल्
छैनन् कुनै टिकाउ,'साला कहाँ छ अच्छा?'
सैनीक क्वै निडर्छन्,बाहादुरी उज्याला
जोड्दैन हात,गोडा-जानेर लाजले छ्या!
कड्केर थर्कदैँनन्,अड्केर बस्नु काँही-
कुर्दै म जिन्दगीको,आशा गरुँ प्रतिक्षा?
लम्केर मार्ग आफ्ना,पर्खेर फर्कदैँनन्
ठान्दैन बोझ-भारी,जनतन्त्र यो परीक्षा !
- अनन्तगोपाल रिसाल (May 04,2010)

श्री-यात्रा
चौध वर्ष पनि भो,बनवाश
शान्ति-शोषण कठै!जन-नाश
नाईकै अब नहुन्,बदमाश
बन्छ यो नरक द्वार,छ आश!
जन्म यो मरण छैन,छ त्राश?
देश-नाश नहुने छ, विनाश!
तन्त्रमा अब त छैन निकाश
ईशकै भजनमा गर आस!
योजना अब जटील छैन नि!
संझना गर मिठाश जीवनी!
माहुरी दश दिशा अझ घुम्छ
गोलमा-मह निकालन पुग्छ!
बुद्ध जन्म नगरी, बन पार!
राम त्याग तपमा,दरवार!
मुक्त भै जनकजी,गर राज
शँकरै अब झरेर समाज!
ज्ञान-तर्क घरमा बलवान
न्याय छर्क सबमा भगवान!
जान्न हा!अब कतै,घर बस्छु
मोक्ष-द्वार भवको बन पस्छु!
देवता नगरमा अब खोज
प्रेमले सरल यूवक रोज!
चेतना अब उजागर हुन्छ
सत्य सुन्दर सरोबर पुष्प
खोज देशभर के छ मुहान?
चन्द्र-सूर्य मिल साँझ बिहान!
ओखती सबल जान छ मंगल्
यो खती,सब ल जान छ जंगल्!
काल छैन अनिकाल छ खल्बल्
दोश ती अब निकालन अम्मल्!
जान्न जान्न नर दाश बनेर
न्याय छैन, नबसौँ न सहेर!
प्रेमले जतिगरे पनि पुग्छ
साथ हो?मुलुकले अब सुन्छ!
जीन्दगी सजग भै तप साँध
राज-रंक नियमले अब बाँध!
अन्धकार तर नासिनु पर्छ
स्वार्थका कसर मासिनु पर्छ!
एक एक गर मानव धर्म
पोख्नु पर्छ अब आंगन कर्म!
छालको लहर पर्खनु पर्छ
होसियार बन,फर्कनु पर्छ!
प्यार ली सफल भो अब जाउ
गाउँफर्क घरवार सजाउ !
जन्मियौँ हिम-शिला छहरामा
मातृभूमि वरदान धरामा!
खोज खोज नहराउ स्वतन्त्र
'होस-जोस-समता'-भज मन्त्र!
त्याग,आदर मिलेर समान!
प्रेमले बन दयालु महान
सूर्य-चन्द्र सबको छ नछेक!
देश-शान्त-नगरी कन के छ?
आउ सज्जन सबै पहरामा
योजना नव गरेर धरामा
ज्ञानले शहर-ग्राम सजाउँ
पर्खिने दिन गयो,अब जाउँ!
छन्द: स्वागता, गण:र न भ गु गु, ७ मा यति
शान्ति-शोषण कठै!जन-नाश
नाईकै अब नहुन्,बदमाश
बन्छ यो नरक द्वार,छ आश!
जन्म यो मरण छैन,छ त्राश?
देश-नाश नहुने छ, विनाश!
तन्त्रमा अब त छैन निकाश
ईशकै भजनमा गर आस!
योजना अब जटील छैन नि!
संझना गर मिठाश जीवनी!
माहुरी दश दिशा अझ घुम्छ
गोलमा-मह निकालन पुग्छ!
बुद्ध जन्म नगरी, बन पार!
राम त्याग तपमा,दरवार!
मुक्त भै जनकजी,गर राज
शँकरै अब झरेर समाज!
ज्ञान-तर्क घरमा बलवान
न्याय छर्क सबमा भगवान!
जान्न हा!अब कतै,घर बस्छु
मोक्ष-द्वार भवको बन पस्छु!
देवता नगरमा अब खोज
प्रेमले सरल यूवक रोज!
चेतना अब उजागर हुन्छ
सत्य सुन्दर सरोबर पुष्प
खोज देशभर के छ मुहान?
चन्द्र-सूर्य मिल साँझ बिहान!
ओखती सबल जान छ मंगल्
यो खती,सब ल जान छ जंगल्!
काल छैन अनिकाल छ खल्बल्
दोश ती अब निकालन अम्मल्!
जान्न जान्न नर दाश बनेर
न्याय छैन, नबसौँ न सहेर!
प्रेमले जतिगरे पनि पुग्छ
साथ हो?मुलुकले अब सुन्छ!
जीन्दगी सजग भै तप साँध
राज-रंक नियमले अब बाँध!
अन्धकार तर नासिनु पर्छ
स्वार्थका कसर मासिनु पर्छ!
एक एक गर मानव धर्म
पोख्नु पर्छ अब आंगन कर्म!
छालको लहर पर्खनु पर्छ
होसियार बन,फर्कनु पर्छ!
प्यार ली सफल भो अब जाउ
गाउँफर्क घरवार सजाउ !
जन्मियौँ हिम-शिला छहरामा
मातृभूमि वरदान धरामा!
खोज खोज नहराउ स्वतन्त्र
'होस-जोस-समता'-भज मन्त्र!
त्याग,आदर मिलेर समान!
प्रेमले बन दयालु महान
सूर्य-चन्द्र सबको छ नछेक!
देश-शान्त-नगरी कन के छ?
आउ सज्जन सबै पहरामा
योजना नव गरेर धरामा
ज्ञानले शहर-ग्राम सजाउँ
पर्खिने दिन गयो,अब जाउँ!
छन्द: स्वागता, गण:र न भ गु गु, ७ मा यति
शम्भो ! नमस्कार छ
[वैदिक धर्म सनातनी एवँ हामी धेरै नेपालीहरुको आराध्य देव श्रीपशुपतिनाथ भोले बाबाको ठूलो अनुकम्पाले यो संसार,बैभव र विश्व संभव भएको छ भनी मान्दछौँ! भारतले र विश्वले अपनाइसकेको अध्यात्म तथा योग साधनाका पिता, गुरुदेव, प्रमाता, आविष्कारक, अन्वेषक, वेदान्त शास्त्रको ज्ञेय र ध्येय-तत्व, आत्माका शास्वत पथ प्रदर्शक भगवान सदा शिवको जन्म-क्रिडा स्थल नेपाली हिमाली प्रान्तमा अब पून:जागरण हुँदैछ! विशेषत: पशु-पंक्षी, जीव-जन्तु प्राणीका सह्रीदयी, प्रेमी, संरक्षक, प्रतिपालक, तारक, उपकारक र संवर्धक भगवान शिवको बयान गरेर साध्य छैन! आत्मरुप शिवको 'एकोहं वहुस्याम्' शुद्ध-संकल्पले सृष्टिको सुरुवात हिमालयबाट भएको थियो भन्ने भौतिक प्रमाण पाश्चात्य शिक्षाका धूरँधर वैज्ञानिकहरुले गर्लान नगर्लान्, साक्षात प्रमाण पाउलान् न पाउलान् तर पूर्वीय संस्कारले त्यसलाई प्रमाणित, शूत्र-सिद्ध अनि प्रकाशित गरिसकेको छ! ध्यान, निधिध्यासन र प्राणायामका विधामा हामीले विश्वसंग 'लाइसेंस्', राजस्व तथा अधिकार-दान-पत्र, अँश मागेका छैनौँ (आज विश्व बौद्धिक संपदा दिवस) तर त्यस्का लागि चाहिने संरक्षणका लागि विश्वले पूर्वाधार बनाईदियोस् भन्ने सानो अनुरोध मात्र हो!! धर्मका नाममा अविश्वाश र आस्थाका झुपडीमा धर्म विलयन दूर-आशा,संकिर्ण लालचता र बिलासितताको बल्छी र घाँटीमा डोरी नदबाईयोस्! मिलेर रहेको समाजको आस्थाका समीकरण न बिगारियोस, जन-जातीका नाममा सांस्क्रितिक,राजनैतिक असन्तुलन नगराइयोस्! बरु वेद र शास्त्रले; ऋचा र शूत्रले दिइएका अक्षर-अक्षरको अनुसन्धान बढोस्!
सीमा-रहित नेपाल र नेपाली समाजको श्रिजना अब विश्व तथा अमेरिकामा पनि भैनै रहेको छ! बिभिन्न प्रान्तमा बनाईन लागेका श्रीपशुपतिनाथ मन्दिर, स्वयँभूका शान्तिका सन्देश मूलक भव्य नेपाली-मन्दिर, नेपाली-घर, नेपाली-सांस्क्रितिक तथा आध्यात्मिक केन्द्रहरुले यो सिद्ध गर्छ| नेपाली चित्रकला, पौराणिक मंगलमय आङ्गिक दर्शनकला, मूर्तिकला, झ्याल, टूंडाल-चैत्य र वास्तुकला विधानले हाम्रो यथार्थ गणित ज्ञान, ज्योतिषी शास्त्रको निचोड रहस्योद्घाटन गरेको छ! हामी पनि हाम्रो बिश्वमा हराउन लागेको आध्यत्मिकता, योग, परंपरा, संक्रिती अनि भाषा र भावलाई अब पून: जिँउदो बनाउने प्रयासमा छौँ ! विश्वको आध्यात्मिक उच्च शिखर नेपालको हिमालय स्तूपका प्राचीन कृषि पद्धतीलाई, जैविक तथा दैवी जडिबुटीलाई जोगाउनु, जीवन-अम्रित-रस स्वच्छ हिमाली पानीलाई प्रदुषण मुक्त राख्नु, वायु-वाताबरणमा पवित्रता,विशुद्धता र निर्मलता राखसक्नु - आजको बैज्ञानिक यूगको ठूलो अनिबार्यता हो! श्रीपशुपतिनाथ भोले नंगा बाबा सँग केही छैन तर सब थोक छ! मितब्ययिता, शीत-उष्ण सहनका उदाहरणमा खरानी लेपन देखि त्रसित विश्वको विष-पान जस्ता समाज सेवाका असंख्य अलौकिक उदाहरण छन्! निराकारबाट साकार रुप किन लिनुभयो, सारा पशुका पति एक मात्र आशुतोषले किन हिमालयलाई जन्म, क्रिडा-किनार बनाउनु भयो त? सोचौँ, खोजौँ र बनौँ! सनातन धर्मको श्रोत, अपौरुषेय वेदलाई अनुसंधान गर्नु, मौलिक तन्त्र र मन्त्र-शक्तिको सँरक्षण, संबर्धन र समायोजित शिक्षण गर्नु, तिनमा भएका वैज्ञानिक उत्खननलाई पून: व्यवाहारिक र प्रौद्योगिकी इंजीनियरिंग गर्नु हामी सबैको लागि चुनौती को विषय हो! योग, साधना संबन्धी उद्योगका अनुकूल बातावरणको श्रिजना गरिदिनु, स्वाध्याय सत्संगत उपासना परंपरालाई दीर्घरुप दिनु-आजको विश्वको माग हो, यो कुरा सबै राष्ट्र-भक्तले सोच्नु पर्ने बिषय छ! तत्वत: स्वत:स्फूर्त स्वयम्भू, बुद्ध र शिव, कृष्ण र क्राईस्टमा द्वेतता छैन-यो अध्यात्म वेदान्तको सार हो, यही शिवको विश्वलाई अमूल्य संदेश पनि!]
शम्भो ! नमस्कार छ
गङ्गा माथमहाँ सधैँ लडिबुडि, लुक्छिन् जहाँ चन्द्रमा
नन्दी भाव र भक्तिले शरणमा, बोक्छन् प्रभो! पीठमा
जस्को याद गरे, दया हुन गए, लाटो मिठो बोल्दछ
त्यस्ता पूर्ण अखण्ड ब्रह्म शिवमा हाम्रो नमस्कार छ ||१||
माला सुन्दर सर्प नागहरुका नारी,गला शोभिने
नीलो कन्ठ बनाउने विष पिई योगी सदा लोभिने
ज्ञानी मस्त समाधिको रसलिने,वैरागको सार छ
जस्को दर्शन दुर्लभै छ शिव हे! हाम्रो नमस्कार छ ||२||
नेपाली जन भक्ति भाव ऋजुता सेता हिमाली जटा
पग्लिन्छन् जड पत्थरै पनि हरे! प्यारा पहाडी बुटा
जसको त्याग र ज्ञानले शिखरमा कत्रो चमत्कार छ
शम्भो,शाश्वत, आशुतोष भगवन्! हाम्रो नमस्कार छ ||३||
हात्ती, भालु र व्याघ्र चर्म शिवका, ओड्ने र ओछ्याउने
तेस्रो नेत्र खुलाउने सहज नै नेपाल व्युँझाउने
नौलो सृष्टि हिमालबाट शिवको, रुद्राक्षको हार छ
स्रष्टा, नित्य, अवर्णनीय भगवन्, हाम्रो नमस्कार छ ||४||
गौरी-शंकरको सुद्रिष्टि छ यता, प्राचीनको संस्क्रिति
नागा, वैष्णव, शैवका रचयिता लीला, कलाका-क्रिति
ज्योतिर्लिङ्ग अहा! विचित्र रचना निर्लिप्त साकार छ
एकै गम्य, अनेक मार्ग जनका, शम्भो! नमस्कार छ ||५||
- अनन्तगोपाल रिसाल [सोमबार-अप्रिल २६,२०१०]

गौतम बुद्ध र अद्यात्म निर्वाण!
गौतम बुद्ध र अद्यात्म निर्वाण!
[बुद्ध जयन्ती पूर्णिमा नजिक आउँदैछ! विश्वलाई अद्यात्म शिक्षा र निर्वाणको रहस्य दिने, योग र ध्यानका प्रतिपादक संरक्षक र प्रबर्धक भगवान बुद्धका सिद्धान्तलाई अझ संसारमा प्रचार र प्रसार गरौँ! उहाँका दिब्य महान बाणीहरुलाई आपसमा, अंमेरिकी, विदेशी साथी-भाइहरुसंग चर्चा गरौँ! आतंक र आशंका, धमकी र अविश्वासले त्रसित संसारका लागि एउटा नैतिक राजमार्ग बनोस्! बुद्धलाई मूर्ति र मन्दिर भित्र मात्रै सिमीत नराखौँ-उहाँ त सबैको सचेतन मन मन्दिर रुचाउनु हुन्छ! दरवारको विलासी पन भन्दा गरीबको पवित्र दिल कोठरीमा रम्नु हुन्छ, उदार हृदयको स्वच्छतामा जम्नु हुन्छ| बुद्ध त हामी सबैको साझा संपत्ती हो, विद्या हो, आत्म स्वरुपको ज्ञान, ईश्वरीय अनुग्रह हो! बुद्धलाई तिब्बत र बोध-गयामा मात्र सीमित नगरौँ-कपिलवस्तु, लुम्बिनी र Disney-का आँखाले मात्र नहेरौँ! सिद्ध, लामा र भिक्षुको मात्रै अधिकार नठानौँ! बुद्ध जातीय संघठन होईन यो मानवतावादको उकृष्ट आदर्श हो! भगवान बुद्धका आशिर्वादले सबै अंगुलीमाललाई सद्-बुद्धि दिउन् र चिर-स्थाई हिंसा रहित नेपाललाई पुन: अग्रगमनका लागि मार्ग दर्शन गरुन्! सहमतीय प्रणालीले ऐक्यबद्धता पाओस्, जीवनमा चाँडै नै परिपक्क निर्णय गरिउन्! नयाँ नेपालमा लेखिने संविधानमा हिंसाको, विभाजन, विखण्डन र द्वेशको कुनै क्लेश नपरोस्!भलै बुद्धको अहिंसा मानवतावादी प्रचार र साधनामा दरबारको सुख नमिल्ला,राजनैतीक प्रतिष्ठा नहोला तर अद्यात्म बैभव र चिर-स्थाई सुख अवश्य मिल्नेछ!]
सिद्धार्थ हौ गौतम् बुद्ध,संसारको ज्ञानी
बैराग्यले दर्वार् छाड्यौ,संझी बुझी जानी|
अध्यात्मका गुरु,शिक्षक्-अहिँसाका दाता
स्वयंभू हौ सिद्धी पूर्ण-जागृत् नैतिक् नाता!
जन्म्यौ आँफै कल्पनाले,रक्षा गर्यौ साधु
संयम र निर्वाणका, प्रबुद्धका जादु!
संसारको चक्र-शुरु परिक्रमा, अन्त
छैन तिम्रो जन्म-मृत्यु,नियमले सन्त!
आकाश र हावा भित्र ब्योम व्याप्त ब्रह्म
चैतन्यता नाश छैन ओगटेर टम्म!
न्यानो सत्य सुन्दरको पाइ साथ गम्म
बुद्धत्वको अनुभव,गरौँ माथी सम्म!
कर्म के हो?फल के हो?जीवन् प्रवचन
मीठा तिम्रा बोली ज्ञान बाणी र बचन!
अनुयायी कति कति-मौखिक् परंपरा
लुम्बिनीमा जन्म तिम्रो,धन्य धन्य धरा!
भगवान् हे!बिष्णु लियौ नवौँ अवतार
वैरागले काटी जरा,मार्ग भव-द्वार
सिद्ध पैग़ंबर खोल्यौ,पायौ भोग्यौ दु:ख
चर्चा,शिक्षा,अभ्यासमा जीवनको सुख!
अवतरण् लिइ आयौ,प्रयोजन शिष्ट
पाप-अविश्वाश् हटे उत्साह विशिष्ट!
धर्म समाज् लौकिकता पुन:रक्षा गर्न
प्रेम-गर्छौ नियम-न छ दीन बिहिन!
माग्दैनौ क्यै लिने हैनौ दिने दिने मात्र
तप योग साधनामा मन दिने, पात्र !
द्वेश,ईर्ष्या आडंबर नराखेमा पुग्छ
बयान र बाणी सुन्दा हाम्रो शीर झुक्छ!
दण्ड दियौ दुष्टलाई मौन भाव सून्य
स्तूप गुम्बा जताततै घुमे तीर्थ पूण्य|
शाक्य राजा सुद्धोदन्का रानी महामाया
जित्यौ जीव-ईश्वरको ओहो मोह-माया!
राजकुमार्को विलास् जीवन,छाड्यौ दु:खमानी
यसोधरा राहुल् बने शिष्य ठूला ज्ञानी!
दुख जरा-रोग वृद्ध जीवन हो जान,
कपिल्वस्तु नगरी हो,संसारकै शान !
हत्या,बली-कुरितीको मार्ग सफा फाँड्यौ
भिक्षु संत न्याय प्रेम समाजमा बाँड्यौ!
भोको प्यासा पथिक झैँ राजर्सी ब्रह्मर्षी
त्यागी,जोगी,लामा,मुनि,संन्यासी तपस्वी!
अहिंसाको पक्ष सधैँ अस्तित्वको खोज
दिव्य जन्म पवित्र छन् सूक्ष्म ईश-ओज!
रुढिबादी परंपरा बिरोधको माग
घमण्ड र रिस-राग,भस्म गरी खाग!
तप,ध्यान समाधिको,मध्यमार्ग-आधा
वैराग्य र ज्ञान,त्याग,लियौ बाटो साधा!
पिपलको बोट मुनी,मुनि आत्म-खोजी
बोध-गया मुक्ति मिल्यो आदर्श जो रोजी!
कसम् खायौ सत्यताको पायौ खोजी सार
आलोकले आत्मज्ञान,हट्यो जीवन्-भार!
घ्रिँणा,भ्रम,लोभलाई जिती समाजमा
धर्म,संघ खोली आज पुग्यौ संसारमा!
भिन्न जाती सिद्धांतका अनुशासन् भेष
गंगा बिहार् नेपालमा उत्तर्को प्रदेश|
बोली पाली आर्य जस्तै लीला तिम्रो शेष
बुद्ध धर्म संघ-चर्चा - प्रवाह प्रवेश!
अङ्गुलिमाल् अलाभक् धर्मान्तरित् भए
लूटेरा र चोरै पनि शिष्य बन्दै गए!
खुल्ला ढोका जात छैन चेत-संरचना!
पूजा प्रेम नियमको सजीब अर्चना!
भिक्षा दान सन्तुष्टीमा संयमको गर्व
जे जे मिल्छ त्यही खाए बुद्धत्वको मार्ग
निर्मल र प्रभावको दिव्य-स्पष्ट-ज्योत
प्रकाशका शुभ अंङ्ग अलौकिक श्रोत |
उत्कृष्टका आठै पद,चार आर्य सत्य
दुख हुन्छ हुन्छ तर जान त्यस्को तत्थ्य!
सोच बुझ बोल गर राम्रो आजीविका
दण्ड प्रयास् राम्रो मन शान्त एकाग्रता!
शरीरको मरण छ-आत्मा बुझी चाख
अनित्य यो जीवनमा नैतिकता राख|
परमात्मा तिमी बीच कोही देव छैन
मध्यस्थमा स्वर्ग-बीच हुने केही हैन!
विश्व सारा तिम्रा लागि,एउटै समान
तन्त्र मन्त्र जन्त्र यन्त्र बुद्ध भगवान!
आत्मरुप शिव तिमी विश्वरुप श्याम
कृष्ण क्राईष्ट अल्ला स्वामी,सबैका आराम!
भारत ब्याङ्कक् चाइना पुग्यौ एसियाका तारा
श्रीलँका र बर्मा भरी तिम्रै गुण सारा!
धनी थियौ दर्बारका गरीबको प्यारा
शान्ति सुख संवृद्धिको,प्रतीक् चिन्ह नारा!
आस्तिक् नास्तिक् सबैमा छौ शुद्ध तिम्रो भाव
आकाश झैँ ठूला छाती छैन क्यै अभाव!
योगा संयम् ध्यान आशन्,योगी प्राणायाम
ईश्वरीय अंश वंश तिमी चारैधाम!
मान्छे जूनी लिए पछी बाँची मर्नु पर्छ
देवताको कर्म सके फेरि झर्नु पर्छ!
बुद्ध भन्नु बन्नु यौटै ईश्वरको साथ
सचेतन निर्वाण यो बोधी आत्मसात !!
Ananta Risal - 15 May 2010, 7:53am

आखीर श्रीकृष्ण रहेछ एक!
आखीर श्रीकृष्ण रहेछ एक!
ती रुप् हुँदामा कतिको ॠँगार
छ शक्ति तिम्रा?कतिको पुकार!
निस्तेज सारा सब बिर्सिँदैछु
करोड गोता अब सिर्जिदैँछु!
यो बैँस मैले सुखमा बिताएँ
गला हुँदामा कति राग गाँए!
धेरै कुदँ लौ खदिँला ती चित्र,
ठिटो छँदामा,गरियो बिचित्र!
मन्मा थिए चित्त-इक्षा दबेका
अथाह पूरा गर तम्सिएका!
लाउँ र खाउँ जड-जोडदामा
स्वभाव मेरो रहँदा जगत्मा!
खेल्ने र कुद्ने अति चाख लिन्थेँ
कुरै कुरामा पनि साथ दिन्थेँ!
कैले म घुम्थेँ कति बीर,बोक्थेँ
दरो छँदामा कति भीर चड्थेँ !
स्वार्थी बनी घर् न त काम छुन्थेँ,
दुखीहरुको दुखमा न रुन्थेँ?
गर्थेँ बरा तर्क-वितर्क-वाद
गरीवको साथ दिँदा छ याद?
दुखे कतै मन्,कति धन् लुकाएँ
निडर् छु भन्दै कति झुट् भनाएँ!
जुक्ती छँदा जादु-कला दिखाँए
छ जोस स्फुर्ति कति सुर्ती खाएँ !
हुन्थे सबै धर्म,म पाप गर्थेँ
बिनास दण्डै, सब पाप टर्थे!
धेरै बनाएँ घर खूब धाइ
पापै कमाएँ,कति जन्म आई!
बूढो ल दारी अब ता फुलेछन्
ति पाप सारा जनले भुलेछन्!
सक्दिँन भुल्नै म बरु,कहाँ छु?
आँशु बगाई कति रात रून्छु|
आयो गयो रोग म हड्बडाँए
मुटू छ काँप्दा,अब छट्पटाएँ!
सँझे मनैमा जब पीर पर्दा
'अत्यन्त गाह्रो-ल हुनेछ मर्दा'!
पालो छ आयो-अब बल्ल बुझ्छु
बितेछ सम्झी घटना म उङँछु !
आजै,हिजो झैँ अब सक्ति छैन,
छ प्राण रोक्ने?अब जादु खैन?
आयो गयो होस निसास्सिँदामा
नशा र तन्तू सब खुँस्किदामा
लागेँ पहीले अघि आफु अन्त
हुँदा पछुतो, बनिएछ सन्त!
धोती समाएँ अरु सब् बिकार !
धुनी जगाँए त्यहि गाँउ मन्तिर!
नाता जती मान सबै गुमाएँ
आखीरमा भस्म खरानी लाएँ!
जोगी बनेको तर सार के भो?
'हे!सन्त-बाबा'-जगको सुनियो!
भोकै परेँ खै-न छ द्धार अर्को
उद्धार के भो? अब गर्छ कस्को?
बिग्रेर बुद्धी रहदाँ जगत्मा
फुलेछ दारी सहदाँ फगत्मा!
गीतै कराँए,कवि स्वर् सुनाएँ
गृहस्थ भन्दा अझ दुख्ख पाएँ!
ज्यादा थियो मान,सबै भरैमा
अझै बसी दान दिएँ घरैमा
खाएँ दु:खै पीर अमान मर्का
गए सबै ती गुरु,मित्र अर्का !
मेरो त भैगो अब यो दसा भो!
परेँ शरण्-मा अब ता ईसैको!
त्यागेँ भुलैले किन? गार्ह्य-जोवन्!
ठूलै महीमा रछ दिव्य-यौवन्!
सोच्नु बखत्मा अरु साधु सन्त
बनिन्न त्यागी घर-त्याग मात्र!
स्वप्नासरी व्युँझ, उठे जवान
रहन्छ आत्मा मनमा छ जान!
यो जीवनी होस् प्रण,ताज यस्तो
सधैँ,सबै-अर्पण आज जस्तो!
छ भक्ति भो?ज्ञान भयो विवेक?
आखीर श्री-कृष्ण रहेछ एक!
- अनन्तगोपाल रिसाल [2042/5/10]
इन्द्रवज्रा(ततजगुगु) र उपेन्द्रवज्रा(जतजगुगु) छन्दहरु मिलेर उपजाती बन्छ! कवि भन्नुहुन्छ-'यी कविता आफूले लेखेका पूराना मद्धे पर्दछन्| कर्म मात्र त्यागेको छ तर त्यसको वासना र फल त्यागेको छैन भने-बरु ढोँग बिनाको प्रब्रित्ति मार्गनै राम्रो हो! निब्रित्तमार्गी साधु-सन्तका सत्सँगतले दया, क्षमा, निर्लोभ, त्याग र समाज सेवा जस्ता मानवीय मूल्य; जीवनका विभिन्न मार्ग-दर्शन र मापदण्ड निर्धारण गर्न सहज र सरल बन्दछ! उहाँ भन्नुहुन्छ यो कबिता स्व. महाकवि लक्ष्मीप्रसाद देवकोटाका अन्तिम समयका शब्दहरुबाट प्रभावित भएका छन्!'

अद्वैत-दर्शनका श्री शंकराचार्य
[आज वैशाख शुक्ल पञ्चमी,भारत बर्षका आधुनिक यूगका धर्म संस्थापक श्री शंकराचार्य जयन्ती हो! उहाँले प्रतिपादन गरेका अद्वैत-दर्शन, सूत्र र सिद्धान्तलाई आजको पाश्चात्य संसार र बैज्ञानिकहरुले पनि जोगाएर राखेका छन्! कालान्तरमा बुद्ध-धर्म सिद्धान्तमा पनि नास्तिक्यताको विकृती देखा परेकाले श्रीशंकराचार्यका नेपाल र हिमबत्खण्डमा गरिएका बिभिन्न महत्वपूर्ण भ्रमणहरुले नेपालको पून:स्थापित अद्यात्मदर्शन पक्षका अवधारणालाई उजागर गर्दछ! शंकराचार्यका जीवनीमा मिमाँसा एवँ अद्वैत अद्यात्मदर्शनका कट्टर रक्षक नेपाल-भारत-सीमाका मण्डन मिश्र संगका संवाद विषयहरुको उल्लेख भएको छ! हाल सम्म कायम रहेको श्रीपशुपतिनाथका पूजारीहरु भारतको केरेला र कर्णाटक राज्यहरुबाट ल्याइनुबाट पनि ऐतिहासिक दर्शन शास्त्रार्थको परँपरालाई बारम्बार पुष्टी गर्दछ!]
अबतारी शंकरले धर्म रुप चुने,
आचार्यको भेष गरी,हिम-खण्ड घुमे!
सेवा गरौँ पूण्य-भुमी,दीन असहाय!
फेरि पनि स्थापित भो,कर्म-ब्यबसाय!
पूर्ण ब्रह्म निराकार स्वयँभूको ज्ञान
नेपाल हो तीर्थ-भूमी सनातन शान!
बुद्ध भन्छन् 'संयमी हौ' धर्म-संघ खोल
ब्यबसायी आत्मपथ सत्य शुद्ध बोल!
अद्वैतका प्रसंशक-नास्तिक् बन्न थाले!
अहिँसाका अनुयायी हिँसा गर्न थाले!
बिग्री गयो संस्कार र आचार् लोप भयो
कलियूग,अनादर बढदै बढ्दै गयो!
ईश मात्र एक लक्ष,पुरुषार्थ देख्यौ
उपनिषद्,ब्रह्म-शूत्र,धेरै ग्रन्थ, लेख्यौ!
गीता वेद वेदान्तको सार झिकी बाँड्यौ
अधर्म र कुरितीको,मार्ग ठूलो-फाँड्यौ!
मठ मन्दिर् जंगलमा मंगलको ध्वनी
धर्तीलाई संरक्षण ज्ञानी ॠषि मुनि
निर्वाणको विदेह यो मुक्ति-द्वार पाउँछन्
संसारमा तिम्रा किर्ति जनहरु गाउँछन्!
निराकार आकार ली देखापर्ने लीला
निर्गुणमा सगुणको भावपूर्ण शीला |
जन्मातर संघ-संस्था नदी जस्तै बग्छ
संयम र नियमले शिखरमा पुग्छ!
अद्वैतमा शिव बुद्ध दुई हुँदै हैन
शान्त तिमी भेद-भाव,कतै छँदै छैन!
कम,धेर उमेरमा धर्म गाडी गयौ!
बेग्ला-बेग्लै रुप गोड्न,समाजमा आयौ!
व्याख्या तिम्रा सरल छन्,मीठा भाव जाग्ने
छन्द रस संगितमा सुनुँ सुनुँ लाग्ने!
सिद्धान्त र तर्कशाली सनातन आदि
पन्च-देव-भूत-ईन्द्र ब्रह्म ईश्वरादि !
शैव-शाक्त-सौर्य-वैष्णव्-गणेश् छन् आधार
भारतका दिग्विजयी धर्म बराबर
शक्तिकुंज 'पूर्णमा छन् पूर्ण' संरक्षिका
श्रीशंकर-आचार्य हुन्-अद्वैत्-दर्शनका!
- अनन्तगोपाल रिसाल [18th May 2010]

मेरो 'Buddy guard-Mr. Droid ' !
आजकल समय बिताउन उन्को साथमा आड छ!
छिन्छिन्मा आउँछ-'Hi,hello'-बोल्छ,'Droid'-उन्को गार्ड छ!
बेला बखत्मा,उसलाई सोधी मसंग बोल है?
जहाँसुकै जाउ,घुमेर आउ लौ मस्ती गर गै!
सुरक्षा उस्ले दिनेछ तिम्लाई,म-'बिल'-तिरुँला!
साह्रै नै संकट परेमा प्रिए-'911'-गरुँला!
ओठमा राख,गालामा टाँस,छातीमा लगाउ!
बिहान हुँदा उठाउन तिम्लाई साथैमा सुताउ!
देख्दा र छुँदा,काट्कुट-'सिलिम्'-चिटिक्क परेको
बुट्टा र रंङ, छ जबर्दस्त-कपाल कोरेको!
राम्रो छ हामी यसमा केही,नगरौँ-'debate'
२-४ महिना पर्खेर सस्तो-'mail-in-rebate'!
संसार यहीँ पाउँछु अब-के हेर्नु,पढ्नु छ?
साथमा लग्दा,म ढुक्क हुन्छु,को कहाँ पुग्नु छ?
उ चिन्छ बोली हाउ र भाउ,को किन चाहियो?
'क्या दियौ बूढा!जोवन्मा मलाई,Mother's Gift पाइयो!'
काखैमा बसी,छ अब धेरै,काम कुरा गर्नेछु,
सजिला रछन् ती अक्षर तिम्रा,म पूरा पढनेछु!
आकार वजन,ऊंचाई तिम्रा-धेरैको उपकार!
खोजेर काहाँ पाउँछौ प्रिये? स्वर्गीय उपहार!
'Robot' जस्तो,पालतू तिम्रो,यात्राको सहयोग!
समाचार र ईमेल गर्न कति छ उपयोग ?
के गर्नु साह्रै ईर्श्या त लाग्छ,सबैको पियारो!
२१ शताब्दीको यो गुणी,छोड्नलाई छ गाह्रो!
समय आज्कल् उसलाई दिन्छौ म-भन्दा बडाई
के गर्नु हारेँ-जीवन बाँकी,के छ र लडाई?
कुन् स्थान सहर्,के भोक लाग्यो?साहारा चाहियो?
'ड्रोइड'-मोरो,जे पर्यो गर्छ, 'कमारो पाइयो'!
तलब एकै चोटिमा दिन्छु,महिना पुगेमा
'Verizon'-भन्ने आमा छ,बिग्रे आइपुग्छे बेलैमा!
'Motorola'-त्यस्को बाबु छ धनी,रुन्चे र पातलो
गिरोह-नेटवर्क संकेत साथ,योजना गतिलो!
छ बिना तार बिजुली जस्तो,पर्खन्छ तिमीलाई!
तिथी र फोटो,खिचेर राख प्रियेसी सधैंलाई!
सिनेमा पनि प्रसारण हुन्छ,के हेर्छो-जी,सोनी?
टिकट पनि काट्दिन अब घरैमा बसुँनि!
बेतारेलाई,तारले-'चार्ज',गर्न चाइँ भुल्दिन!
सचिव जस्तो काम गर्छ-'ड्रोइड',दिन्भरी सुत्दैन!
'बाथ्रूम' संगै,स्पंदन बिना-जीवन 'हार्ड' छ
वैज्ञानिक खोजी,कल्पना कस्तो?बूढीको 'गार्ड'छ!
- Ananta Risal May 13th 2010 11:04 AM

Subscribe to:
Comments (Atom)