Pages

Monday, 30 June 2014

सीताको जन्म-राष्ट्र: जननी जन्मभूमिश्च !

सीताको जन्म-राष्ट्र: जननी जन्मभूमिश्च !

रावणले कर माग्न जँगलमा जान्थ्यो
ऋषि सन्त सज्जनको रगत जो तान्थ्यो
राक्षस र असूरलाई लगाईयो जिम्मा,
जम्मा गरी राखी दिन्थे सधैँ बटुकीमा !

गौचरण नासिदिए मासिदिए वीउ
हत्याराले मासु भनी जोख्नथाले जीउ
यज्ञ, कुण्ड देवताको पूजा न-पाऊँदा
ईन्द्र चन्द्र वरुणले भाग न-खाऊँदा!

श्राप दिए मुनिवरले मिले दुखी जन
'जता पुग्छ जान्छ रक्त भस्म हुने क्षण'
अत्याचार अराजक सँसारमै सर्यो,
जनकको-पुरीमा नि अनिकाल पर्यो !

असूरको माद मद लोभ रीस काम
अयोद्धामा जन्म तयार् हुँदै थिए राम
उदारको वँश थियो रघु जन सेवी
सूर्यवँश अद्भूतको जन्मे देव देवी

राजा पनि हलो लिई खेत खन्न गए,
समाजमा हाहाकार दुखै दुखी रहे,
यौटा भाँडो छुटेछ र धर्ती छोपी-वरी
लुकाएर राखिदिईन्, बालिका ती परी
कृपागरी धरतीले यौटी पुत्री दिईन्
वेवारिसे छोरी राम्री आफ्नै सीता भइन् !
सँसारकै सुन्दरलाई - हलो सीयो ताछे
जनकले गोद लिई, सीता नाम राखे

बालपन छिट्टै बित्यो, सँसारमा राम्री
शुभ-गुण ज्ञानी छोरी सौगात यी हाम्री,
सँसारमा जोडी मिल्न राम जन्म लिए
यौटी आईन् धर्ती बाट अर्का अग्नि थिए!

खीरखाई कौसल्याको गर्भ पूर्ण रह्यो
गौमाताको दुधबाट राम जन्म भयो
सीतालाई मिल्ने को छ ? अहा! राम छोडी?
चौध बर्षै नपुग्दैमा सीता-नाता जोडी

धनुषमा काण राख्ने योग्यवर पाई
राजा भन्छन् सीता मेरी दिन्छु विज्ञ लाई
विश्वामित्र शिष्य लिई पुगे ज्ञान-पुरी
सबैलाई निम्ता थियो वीर विश्व भरी

गुरूकुल पूर्ण गरी दर्बारको मान
साधारण भेषलिई राज सिँहासन
चौडा छाती दरो बाहु भव्य निधारमा
मर्यादा र आदर्शका धर्म सुधारमा

ठाँटवाँट मुकुटमा आए सँसारका
राजा वीर वरपर कुरा पुग्यो लँका
विभिन्नका रूप लिई आए वीर धनी
मै पो छु कि योग्य वर हेर्दा राम्रै छु नि

राम सीधा साधा वस्त्र गुरूकुल भेष
हेर्दै राम्रा राम पूर्ण झरेका ती केश
साथ आफ्ना गुरू सँग बसे आशनमा
थिएनन् ती कैले पनि भोग वासनामा

गुरू आज्ञा पालनमा बनैबाट आए
राजा जनकको श्रद्धा सम्मान जो पाए
बाटीकामा देखिए छिन् सुन्दरी र प्यारी
हेरिरहे सँझिरहे राम अवतारी !

सीता राम्री अलौकिक थियो आकर्षण
खिचीएर ब्रह्म पनि भए अझ पूर्ण -
सीता जहाँ रून्छिन् बरा धरा साथै रून्छिन्
प्रकृतिकी छोरी हाम्री सँसारमै पुग्छिन्

जहाँ सीता जन्म लिन्छिन् दुख हुन्छ हुन्छ
लौ भन त तिमी आफैँ - न्यायी कहाँ रून्छ ?
जगतको ऊद्धार भो पापी हरू मरे
वानरका हूल गिद्ध भालू  पनि तरे !

लाखौँ वर्ष भयो सीता-राम कम छैन
दुख हुन्छ धर्म योग अरू हुँदै हैन
तप त्याग समर्पण सौन्दर्यकी भारी
मर्यादा र आदर्शकी छोरी आमा प्यारी


बुद्ध कृष्ण शिवलाई श्रद्धा गर गान
आत्मरूपी सीता-राम लाई अझ ैमान !
दुख देख्दा वैराग्य हो लीला राम रूनु,
सासु थिईन् धर्तीमाता किन दुख हुनु?
सँसारमै प्रसिद्धी भो प्यारी सीता हेतु
दिग्विजयी राम राजा, बने राम-सेतु

हजारौँ ती वर्ष बिते अझै भेटिने छ
आकाशको मार्गबाट स्पष्ट देखिने छ!
त्यस्तो राष्ट्र देश मेरो प्राण प्यारी सीता
सँसारको मर्यादा र धर्म पूर्ण गीता
राम हाम्रा ज्वाईँ भए भिनाज्यू या काका
वैराग्यका परम् पिता चौधै भूवनका

सत्यविज सरी सीता पुनः जन्म लििन्छ्न्
गाँऊघर आँगनमा त्याग योग दिन्छिन्
गाई बाँदर कुकुर काग दिन्छन् सबै अर्ति
ईश्वरको नाता लाग्ने धन्य मेरो धर्ती

सीताका विभिन्न अवतारहरू

हजुर्आमा जानकी थिन् परापूर्व देखि
भक्तिभाव रामगीता पढ्थीन्,रामै लेखी
बडा फुपु ज्ञानी बनिन् साधु सँगतमा
ईश्वरको सेवा गरिन् गँगा गोठ भू-मा

आमा मेरी सीतासरी मस्त-राम ईष्ट
बाबु पनि शिव थिए तर राम भित्र
सीतै सीता देख्छु सारा मातृरूप लिनी
सानिमा र फुपुहरू काकी दिदी बैनी

सासु मेरी सीता जस्ती सीता जस्तै प्यारी
माईज्यू र साथी सँगी छिमेकी र साली
सतित्वको बराबरी, अरू के पो माग्छ?
आमारूप देख्यौँ भने माया,मोह भाग्छ!

शमन र दमनले चित्त चैतन्य होस्
दीर्घजीवी आयुष्मती सोभाग्यमा रहोस्
दुईदिने जीवन यो दुख छ है चोला
सीताराम सँगै नछोडनु होला

सँस्कारले सजिएकी प्रेमी छोरी ब्वारी
शुद्ध श्रद्धा आचरण सति साध्वी नारी

जो जो हेर्यो उस्तै राम्रा भान्जी भौज्यू भदै
धर्म कर्म त्याग गर्छन् आफ्ना उमेर छँदै
नाता प्रेम हराएनि पुण्य हराईँदैन
नेपाल जस्तै तीर्थ स्थान कहीँ पाईँदैन

मेरो देश पुण्यधाम सीता मेरी आत्मा
दुखैदुख भएपनि श्रीराम छन् साथ्मा
चौधै भुवनको स्वर्ग मातृभूमि गरा
सीतालाई जन्म दिने धन्य वशुन्धरा

अध्यात्मको सेवा तिम्रो बह्मवृत्ती-रूप
सीता बन्नु राम भन्नु यौटै कुल-दीप
धर्म अर्थ कर्म मोक्ष दिइ न्यानो काख
आमा तिमी सधैँ भरी नजिकमै राख-

-अनन्तगोपाल रिसाल

Friday, 21 May 2010

एलर्जी॔को मौसम छ, सताँउछ तपाईँलाई?

एलर्जी॔को मौसम छ,कहिँ जान हुन्न
पालूवाले आँखा पोल्छ,देख्दा थाहा हुन्न!
आफैँलाई पर्यो जब बुझैँ-सकैँ भन्न
ओहो!डाहा!चिढ़-चिढाहा!गाह्रो हुन्छ सहन!

रहस्यको कुरा रै छ,एलर्जी॔को व्यथा!
पैले-पैले भन्थे याहाँ,लाग्थ्यो-'हैन कथा !',
छोरा भन्छ एलर्जी॔ छ,आमा रुन्छे बरै!
आखाँ झिकी,खाग्सी दलुँ लाग्छ,कठै कठै !

नाक-भरी सिँगान छ,छातीभरी कफ
एक्लो कुना छिरेँ म त,छैन गर्नु 'गफ'!
'टिस्सु'-पनि रित्ती सक्यो,आखाँबाट पानी
बर्षै पिछ्छे फर्किदिने,फेरि रुन्चे बानी!

छिउँ छिउँ र घ्यार्-घ्यारले,राती निन्द्रा भाग्छ!
छाती घाँटी कोरेसोले कोरुँ जस्तै लाग्छ!
आरा-चिर्दा याद आउँछ,करौँतीको चित्र!
चुनेसीको धार पारी,सिधा नाक भित्र !

'ब्लेस्स्यू-ब्लेस्स्यू'-थाकीसकेँ साथी कोठाभित्र
'एकैचोटी दिन्छु अब,दिनभरीलाई मित्र '!
औषधी नै छैन अरे,के हो यस्तो रोग?
दुबै नाक बन्द,खाना,मन छैन भोक!

आँखा कैले नमिच्नु है!पानी हाली धुनु
हात मुख धोइवरी धर भित्र पस्नु!
झ्याल-ढोका थुनिकन-घाँस कैले काँट्ने?
आज मलाई सन्चो छैन,हैन कति ढाँट्ने?

दुखीसके जीउ पनि,बिहानीमै गल्छ,
मौसमको 'पील्' खायो,पीलो जस्तो दुक्छ!
राती भन्यो,बिहानमा,दिउँसोको घाम
जता गयो उतै रैछ,एलरजीको ठाम!

नेपालकै फोहर्मा बरु,कैले रोइएन
मुखमा सेतो बाँधे तर आखाँ मिचिएन!
छ-सात बर्ष भयो,बल्ल देखेँ यसको हावी!
अमेरिकी नगरमा विकाशको दावी!

किन यस्तो हुदोँ रहेछ त?

रुखहरु यहाँ-वहाँ,जता हेर्यो त्यहाँ
पराग र पुष्प-कण,ऋतु-बसंतमा,
भाले-रुख सजिलो रे,सफागर्दा रोप्दा!
किशोरको उमेर झैँ,रुप राम्रा देख्दा!

हेर्दा देख्दा राम्रा-राम्री,भित्र-भित्र ज्वर!
रुख भन्नु मात्रैको रे! छैन केही फल!
बहु शैली,प्रतिभाले देश माथी चढोस्
जन-जाती-समानता,प्रेम-पराग बढोस्!

हामी पनि रुख जस्तै,जमी बसेका छौँ
जाडो,गर्मी,बसन्तमा झुकी झरेका छौँ!
कसैलाई झिझोँ,झन्टो नहोस् वरपर
फुल्नसक्ने खुबी छ है-बास्ना हर हर!

ढाकिदिन्छ परागको-हरीयोले गाडी
रुखबाट बिहानैमा कोठा,बारी भरी
'एसी'-भित्र बस्दा अलि सँन्चो हुन्छ,कैले
खाएँ मह औषधी रे!जानिएन पैले!

झारपात घाँसबाट-हावा सवारले
प्रजनन ईछ्या राखी उड्छन् परागले
उपाय छ केही,बच्ने? के हो लक्षण?
नाक,आखाँ,घाँटी हुँदै,फोक्सो पुग्छ कण!

शरीरले संक्रमण रक्षा परजीवी
गर्नलाई पठाउँछ अणु-सेना-जीवी!
वातावरण परागमै भूली,ठान्छ शत्रु
उपकरण बटुलिन्छ नचाहिदोँ-पत्रु!

आफ्नैलाई ठानिदिन्छ,देख्छ अर्कै रुप
संग्राम र विग्रहमा, युद्ध-जंग खूब!
संवेदनशील कोही साना-साना कुरा
बाधा,विरोध,संघर्षका,अवरोध-नारा!

यस्तै हुन्छ भन्छन् बढ्यो,एलर्जी॔को मात्रा?
लाउनेकुरा,खानेकुरा फलफुल्को जात्रा!
हिजोसम्म खाका थियौ,अब खानु हुन्न?
'कुकुर र बिरालोको नजिक बस्नु हुन्न'

एलर्जी॔ नै भई सक्यो कति झर्को,झुठा
नेपालीको भाषण र 'टाउन्-हल्'-को कुरा!
राजनीति गन्हाउने खेल खेल्थे पैले
समाज्-सेवा अब त्यस्तै भैसक्यो अहीले!

तेरो,मेरो 'कन्भेन्सन'-मा,आउनु पर्छ बाबै
प्राबिधिग्य भन्छ किन? हाम्रै, आउ आजै!
संपर्क-जन-भेला,भैसक्यो गको हप्ता
पत्रकार भन्छ हैन? हाम्रो भिन्नै बार्ता!

कुरै सुन्दा अपचको,मेरै योग्य गोरु
आगो बाल्ने कालु,बरा ! तातो चाहिँ चोरुँ!
जन-जाति,फुटाएर भाँड भैलो गर्‍यो!
रँग-लिँग-अँग-भँग-'रेड-वाइन्' फेर्यो!

भोज्-भतेर अब देखि नक़ाब लाउने गर्छु!
चुच्चो कान काटिवरी नाक-सानो पार्छु !
रुमालले छोपी वरी जनै,गाँठो,टूपी!
नाम-थर भन्दिन क्यै!हिँड्छु लूकी-लूकी!

आवरण,पर्दा लाग्यो साँचो छैन कोही!
आफ्नो स्वार्थ मिली हाल्यो,खाँचो छैन कोही!
एलर्जी॔ खै?कता गयो?छैन केही पनि!
चिन्दैनन्,सोधैनन् है,को हो 'मिस्टर' तिमी?

डाक्टर भन्छन् इन्जेक्सन र स्वास्थ हेर्नु पर्छ,
प्रतिरक्षा,मुक्ति-लिन, ठाँउ फेर्नु पर्छ!
माकुराको जालो,किरा-किन?फाल्नु हुन्न?
धूलो,कण,सड़ने कुरा घरमा पाल्नु हुन्न!

खाइसकेँ 'जर्टेक','क्लारिटन्'-'आलेग्रा'
'बेनेडल'को कुरा गर्छु,तिमी चाँही गाग्रा?
'सुडाफेड्' त उहीले सकेँ,नाकमा झोल हाल्छु
साह्रै गाह्रो भयो टाल्न-नेपाल जान थाल्छु!

जीउभरी चिलाउँछ,आँखा हुन्छ रातो
स्वाँ-स्वाँ बड्छ शरीरमा,स्वाश हुन्छ तातो!
कहीले छोडुँ जस्तो हुन्छ पार्टी,कुराकानी
छिँ:छिँ:-बुद्धी-भाकाहरु,किन खिँचातानी?

- अनन्तगोपाल रिसाल [17th April, 2010]

पहिलो प्रेममै विश्वासघात किन?

आउँछु भन्थ्यौ,गैसके छौ, देखिँन नि किन?
छाती-चिरी गयौ तर, क्यै भएन-किन?
जान्छु भन्थ्यौ, देख्छु यहिँ, आर्कै भैछौ किन?
दुई-चार थोपा आँसु झारेँ, बिर्सिसकेँ किन?

रातै थिए हात-निधार्,लाहुरियौ किन?
एक्लो पार्‍यौ स्वतन्त्रता,चाउरियौ किन?
कपाल् पनि फुलेछन् ज्या ! झुस-दारी किन?
'खुशी छु म'-भन्थ्यौ छाडी,टाढा पारी किन?

रोकुँ रोकुँ लाग्छ बाँकी-माया-छैन किन?
आश्वासन धम्की देख्दा,नाता छैन किन?
बन्दै-बन्द कस्लाई खाँचो?रोकिँदैनौ किन?
गरीबीको ढोकालाई धोका भयो किन?

नागरिक-सर्वोच्चता,विकल्पै के, किन?
राष्ट्रिय-स्वाधीनता संकल्पै रे! किन?
बिदेशीको हातपर्ला,बुझ्नसक्छौ किन?
ढुक्क भई भन्न सक्छौ,माग के छ,किन?

जनताको अधिकार खोस्यौ तिम्ले किन?
फर्किने त मन थियो,आन्दोलनै किन?
हारेकाले राज्य गर्ने?जित्नै पर्‍यो किन?
देशै कहाँ गाको छ र?राजीनामा किन?

सपना कैँ झुठो हुन्छ? उठिहाल्छौ किन?
एक्लो हुँदा थाकी सक्यौ? टुटिहाल्छौ किन?
धनी गरिव् साना ठूला-अझै बाँकी किन?
सत्ता,अर्थ पाएपछी-उस्तै हुन्छौ-किन?

सामन्तीको युग गयो?श्रम मन्द-किन?
साम्य-भाव परिक्षाको-घडी बन्द किन?
पार्टी शिक्षा शोषित छौँ-बन्देज छ किन?
सफलता हुन्छ-हुन्छ,संदेह छ किन?

हार्ने,जित्ने खेल हैन-स्वार्थ राख्छौ किन?
कैले यता कैले उता,'पार्टी'-चाख्छौ किन?
सिद्धान्त र निचोडमा,ध्यान दिन्नौ किन?
गाह्रो भन्छौ?सरल् चाहिँ,मार्ग लिन्नौ किन?

बूढी आमासँग के छ?अँश माग्यौ किन?
छोरी-सानी बेच्ने सूर?बंश मार्यौ किन?
जीवन्-दिन्छु भनाएर,द्यौता पाल्यौ किन?
घर्की प्यारी प्रियसीलाई,सौता हाल्यौ किन?

- अनन्तगोपाल रिसाल (May 06,2010)

गैर-निवासी नेपालीहरु कस्ता छौँ त?

परदेशी हौँ विदेशी,लाहुरे-कामले
चिनिन्छौँ है पराया,ग़ैर-नामले?
स्वदेशमा केको कमि?छैन-अनुकुल?
प्रगति र प्रक्रिया झन्,किन प्रतिकूल?

कोही तीसौँ-वर्षदेखि,विदेश बसेका छन् !
परिवार,छोरा-छोरी,नाम राखेका छन्!
विदेशीको साथलागी,विदेशी झैँ गर्छन्!
भर्खर् आउने नेपालीलाई माया दिने गर्छन् !

छोरा-छोरी ठूला भए,अर्कै हुन्छ सोच !
जतिसुकै सँस्कार पनि,कमी हुने,जोख!
एक-दुई-सँस्था,समाजको-प्रेम,सेवा गर्छन्
कहीले काँही,वर्ष-दिन्मा,नेपाल घुम्न जान्छन्!

सर्कारले स्वागत गर्छ,सम्मान मिली हाल्छ
फूर्सतमा सस्तो सामान,सबले किनी हाल्छ!
दसैँ पनि पर्छ तिथी,टिका टालो लायो!
भोज-भतेर्,मिल्यो भने मन्त्री भेट्न पायो!
गरिवी छ,देश्को-कुरा?वाइन खादैँ गरने?
हिजो रस्सा-जापान्मा,भोलि त्यहिँ झरने?

पशुपति-देवघाटमा-ऐर्पोर्टमा पापा!
काम गरुँ,कुरा हैन!पूगी सक्यो बाबा!
अस्पताल बनेँ कहिँ? जनताले पायो?
शिक्षा-लगानीमा कहिँ?कसले ब्याज खायो?
'हाइवे'-हेर सयौँ वर्ष उस्तै देख्छु म त !
जेठा,माइला,कान्छा आँटु!मिली आइज-लु त!

प्राय जसो आमा-बाको,यौटै हुन्छ कुरा!
'देश-बनोस्,केही गरोस्-जाउ बाबू-उता'!
आमा-बाउले,कसरी र कति दु:ख गरे!
सिकिआउ 'समर'-मा,स्मरण पनि हुने!

बोली शिस्ठ हुन्छ तिन्को,बिनम्र छ चाल!
कैले काँही 'पार्टी' आउछन्,सोध्छन् हाल्चाल!
व्यवसाय,जिम्मेवारी खूबै - दानीहरु!
विशिस्ठको श्रेणी मद्धे पर्छन् यिनीहरु !

नबिर्स,धेरै यस्ता पनि छन् है!

विदेशी झैँ आफू ठान्छन्,तर हानी-बानी!
राजनीति-कूटनिती,नेपालकै बानी!
खूट्टा तान्ने प्रब्रित्ती,विचारमा कम!
खान रक्सी पायो-पूग्यो!भात-आलू-दम!

निस्की हाल्छ असभ्यता,जंगली पारा
हूल्-दँगा,भेट हुँदा,विरोधको नारा!
हामी सबको संघ-संस्था,नाइके चाँही-'म'!
नाम हेर्दा 'डाँ'-लेख्छन्,क,ख,ग,घ-न!

छुट्टा-छुट्टै बसेका छन्,काँग्रेस-एमाले!
माओ-होकी? दर्बारको? आफ्नै गाँउले!
यस्मा छ की? त्यस्मा छ? थूक्क,मसिने!
ठूलै-ठाँउमा छ रे त्यो!मान्छे-मिसिने?

आदिवासी, जनजाति, महिलाको हक
दलित र अपाँङ्गको किन छैन? धक?
ठूलो-सानो को हो अब?को पो?सबै आयो?
साधन र श्रोत कम, कल्ले पैले खायो?

फुर्सतमा ताश,चिया,नारी-भान्छामै !
कुरा उही सार-छैन,बानी-जान्छ?खै?
गिज्-गिजे राजनीति,नेता-साहुको!
आफ्नै मामा-काकाको, ब्यापार बाउको!

आ-आफ्नै-मा रमाइलो,अरु चाहिन्न!
हाम्रै 'ब्लाक-लेबल' छ,अरु खाइन्न!
जागिर-पनि राम्रो छ,जाने डर् छैन!
नेपालमा के नै छ र?अब गईन्न!

जन-जाती यहाँ पनि उस्तै गति-बिधी
बाहुन्,नेवार्,सेर्पा म त!के छ तेरो निति?
'कति वर्ष भयो आको?'-म हुँ ग्याँङ-लिडर?
खुट्टा काप्नुँ हुन्न है,बनौँ हामी निडर!

खिल्ली उड्नु उडेको छ,सत्ता खेल जस्तै
दुईचार जना राम्रा हुन्छन्,अरु जान्छन् फस्तै!
हाम्रै नाता त्यहाँ पनि, नेता हुन पुगे
थाछ? ठूलो योजना त मामा-बाले लगे!

दु:ख गरी नेपाँलाँ-घर जोडेका छन्!
कपाल चाँही दायाँ-वायाँ,मुडेका छन्!
जात्रै पिच्छे-पार्टीमा,हल्ला सुनिन्छ!
खै के भन्ने यिनलाई?'एन.आर.'-भनिन्छ?*

समन्वय-परिषद,संघ-बद्वता
योग-मेल,हुनुपर्ने,छैन एकता !
सामंजस्य देख्दाखेरी,भित्र जातीय!
कुरै सुन्दा लाज लाग्ने!पूरै-प्रान्तीय!

दिन भरी काम गर्‍यो,साहु रिझिन्छ!
गुन्डा जस्तो बानी छोड,जन-चिढिन्छ?
गर्न धेरै बाँकी छ है,शान्ति-ल्याउ साँझ!
नेपालको गुट-बन्दी,नेपालमै राख!

दुई-चार धन्दा नेपालमा,गरी बसेका छन्!
आफू-लाई के फाइदा छ?खूबै जुटेका छन्!
राहदानी दुई-चार-वटा सँगै राखेका छन्!
लगानी र भ्रस्टाचारमा,थूक्क!फसेका झन्!

पैसो मात्रै ठूलो ठान्ने,आफू निकै जाति
'मेरो लट्ठी मेरै भैँसी'-को छन् हामी माथि?
'डेमोक्र्याट र रिपब्लिकन' मेरा साथीहरु
नेपालमा कुन चाँही पार्टी?भन्नुस् के गरुँ?

धेरै जना मजदूर,मालिक-ब्यापारी
पूंजी-पति धरै कम्,साहु-सहकारी!
हुन्डी-खेल्छन् धनको,डलर-तिम्रो देश?
ढुकुटी र 'म्यारेज'का-उही दाउपेच!

कहीले काँही कलाकार नेपालबाट आउँछन्
पाए यतै बस्छन्,कि त 'ग्रीन-कार्ड'छाप्छन्!
'लटरिमा'-परी हाल्छ?दुई-चार डलर् थाप्छन्
पूलिश आयो यता-बाट-उता तिर भाग्छन्!

नेपालैमा डलर् राख्न,पाइन्छ-पाईन्न?
'फोर-ओ-वन' -खै के भन्छन्?खाइन्छ,खाइन्न?
लगानी र पैठारीको के छ?लेखा-जोखा?
सिकौँ,अर्थ-कानून हो!बस्यौँ-सोझा-भोका!

संविधान बन्दा मेरो,हक हुन्छ हुन्न?
सरकारले-रक्षा धन,गर्छ-गर्दैन?
व्यवसाय जोखिम भए-लगानी भित्रिन्छ?
जीवन भरी कमाएको,कठै!रित्तिन्छ!

उन्नति र प्रगतिमा,नेपालीको हित
माँग्दा-माँग्दै जीवन गो,माँगौ कति सित?
परिवर्तन-अखण्डता,राष्ट्र-एकता!
आज तिमी यता छौ,भोली खोइ कता?

अब के गर्दा सबै(सँघ-सँस्था)को राम्रो होला त?

साना हुन्थे सँघ-सँस्था,सानै थियो सोच
लाखौँ पुग्यौँ हामी अब,आर्कै जोस-होश!
संबिधान यहाँ-वहाँ,नयाँ बन्नु पर्छ!
नियम र प्रेम-साथ,सबले हिड्नुपर्छ!

बाटा अझै सानै छन् है-नेपालको छानो
स्वतन्त्रको देश यहाँ-किन सोच सानो?
'हाइवे हेर!' बने ठूलो-जन अटाउने
यताबाट-उताबाट,कती कुदाउने?

टोलै टोल्मा पैसा चढाउ,कसले नतिर्ने?
बाटो-लामो सजिलो होस्,को छ नछिर्ने?
समयैमा सफा हुन्छ,गति छेक्दैनौ!
साझा सँविधान्,किन छिट्टै लेख्दैनौ?

बीस-छत्तीस-'व्हिलर' पनि,कुद्छ यही बाटो
हिउँ,पानी-पर्दा देख्यौ,खै त धूलो-माटो?
'बाइक','कार',सबै ब्यस्थ-न कोइ जिस्कन्छ?
यौटा छिर्ने सडक छ,अर्को निस्कन्छ!

'वन-वे-हाइवे',पूर्व-पश्चिम सबै उस्तै छन्!
यौटा बुझे पछीलाई अर्को जस्तै छन्!
ठाँउ-ठाँउ विश्राम घर,प्यास-भोकले!
थाक्यौ?लामो बाटो छ है!हिँड होशले!

ढिलो जाने मन भए,दाँया बस है!
चाँडो,लामो बाटो-वाँया,बत्ती बाल खै?
गाडीबाट फोहर फ्याँकु?कहीले नभन!
सेता-सेता बकूल्लाको माछा नबन

असारमा पानी पर्छ,रोकिँदैन फेरि
समयको माँगलाई,कुर्छो?हेरी हेरी?
ध्येय-विन्दु,सफरमा भिन्दा-भिन्दै हुन्छन्!
अगुवाले बाटो हगे,पछी आफैँ पुच्छन्!

हिमालमा पानी पर्दा,खोला नाला बग्छन्
यौटा भीर झर्यो भने-गण्डकीमा पुग्छ्न्!
अर्को तिर झर्ने नदी कर्णालीमा झर्छन्
जुनै बाटो लिए पनि समुद्रमै खस्छन्!

सँग्रहालय बन्नु पर्छ,पूजा गर्ने ठाउँ
झाकिँ,लूगा,बास्तु-कला,दर्शन होस् गाउँ!
हाम्रा धर्म-ग्रन्थ आस्था,प्रसारिनु पर्छ
भाषा-भाव यूवालाई चाँडै दिनु पर्छ!

मिलेमतो-बिचारले सँघ-लानु पर्छ!
सँगै खेती गरिवरी,मिली खानु पर्छ!
मिल्ने कुरा छँदै छैन,आफ्नै ठूलो 'ग्याँग',
पाट्-पूट,थिच्-थाच्-यौटै मूलो-ड्याँग?

मन्दिर खै?गुम्बा काहाँ?तिम्रो पूजा-आजा?
आस्था तिम्रो साझा राख,सधैँ है ताजा!

हिन्दू-बन,बुद्ध-भन,प्यार बढाउ!
लोसार र तीज अझै,त्योहार मनाउ!
देउसी-भैली सबको भलो समादर गर
मीठा मीठा गीत गाउँ,गाउँ-जाउँ घर!

नीति सबै हाम्रा लागी,समान हुनुपर्छ,
त्यो त हाम्रै साधन,स्रोत,क्षमताले हुन्छ!
नागरिक पत्र किन्यौ?हिजो के नै थियौ?
नेपाललाई कति दियौ?कती चाँही लियौ?

'हो हजुर्,जी हजुर्-लाल्मोहर लिनोस्!
मेरै भाई-भतिजालाई,सचिवमा दिनुस्?
हाम्रा मन्त्री तिनै हुन् रे!भित्री कुरा सुन!'
लौ है नेपाली हो!उठ!जाग!बुझ!भन!

छाला ओड्यो भन्दैमा,चाम्रा हुन्नन् सबै!
बाहिर बस्यो भन्दैमा,राम्रा हुन्नन् सधैँ!
विचार र मान्यताको,प्रशँसक बन!
समाज र सभ्यता त-तिम्रै हो नि धन!

'कुरा सुन्दा निकै,आहा!चिया-चुरोट खायो,
दुइ-चार्-जाना मिले भने,गीत पनि गायो!
बैठकमा फोटो-खिच्यो,गाँउ-गोल-बार्ता!
नाम कस्को राख्ने भन?बल्ल हुन्छ-जात्रा!'

जे काम् गर,अगाडि चाहीँ-देश नबिर्स है?
धेरै काम बाँकी गर्न,दोहोरो-नसिर्ज है?
सबै जना योउटै ब्यापार्?योउटै-काम किन?
कसले गर्छ-काम राम्रो? जरुरी छ,चिन!

अलि अलि काम गर्‍यो,ठूलो भन्ने बानी!
घर्-घरै पुगी सके?हिमालको पानी?
बत्ती-बले आँगनमा?बाटा पूगे घर?
जब पूर्ण-सिक्षा मिल्छ,अनि कुरा गर!

हात-देउ,हात-लेउ मिलिमिली बस!
काम सबै राम्रा गर्छन्,बाँड तिम्रो जस!
समाजमा उदारता-काम गर्ने कालू!
जीवनमा-मित्र-शत्रु?मकै खाने भालू!
------------
कोही आयौँ एकै चोटि,कोही बिस्तारै!
काम गर्छौँ मरि-मरी,चिन्ता बिर्सेरै!
जति-सुकै सहर् मा,अझै-गाँउले
सिधा-साधा जीवन छ,नाच्ने-गाँउने!

सयौँ वर्ष भयो तर,उही स्वरुप!
हामी पनि भुटानी हौँ,देश-अर्को-रुप
हज्जारमा आएका छौँ,तर यो देश!
स्वागतले-स्वत्रन्त्र छ,जस्तै परिवेश!

अमेरिकी-क्यानडा,चीली-चाइनाको
लन्डन-छौँ,स्विजर्ल्यान्-धेरै कोलोम्बो!
जापानमा,युरोपमा,अफ्रिकामा पनि!
अस्ट्रेलिया,सिँगापूर नेपालीको धनी!

नेपाल हो स्वर्ग-भुमी,ईछ्या मात्रै गर!
विश्व घुम्यौँ?कहाँ छैनौँ?नेपालीको घर!
सबै जना मिल्यौँ भने,बन्छ यहाँ-वहाँ
स्वर्गै बन्छ मन मिले,जहाँ बस्यौ त्यहाँ!

मीठा-मीठा सपना छन्,साथी-भाइको
लाखौं खर्च गरेरै नि,विदेश लागियो!
जसो-तसो टरी-जाला,मिली निकासी,
नेपालीको सेवा-गरौँ,गैर-निवासी!

-अनन्तगोपाल रिसाल [3/13/2010 Tuesday]
{*NR=Non-Representative,Not-Respected,Narrowly Reprehended }

नयाँ वर्ष २०६७!

नयाँ वर्ष उमंगमा,उत्साह नयाँ जागोस्
घर भित्र-घर बाहिर,बसन्तले छावोस् !
नेपालमा,विदेशमा शान्ति देख्दै जाउँ!
लामो यात्रा ईश्वरको आशिर्बाद पाँउ!

रक्त,हिँसा,अन्यायको मलम छ? घाऊ
संविधान,नियमको कदर गर्दै जाउँ !
हिजो सानो थियौँ अब बढ्यौँ,बुझौँ,ज्ञानी
मिलिजुली बसौँ अब बनौँ भाग्यमानी !

हामी आफू मिल्यौँ भने,कसले के नै भन्छ?
नेपालीको सम्मानले देश बन्छ बन्छ!
छोडौँ स्वार्थ बनोस् राष्ट्र,कति बाँच्नु छ र?
सम्मान गर्न सक्दैनौँ त,सद्ब्यबहार गर!

नेपाल भित्र-बाहिर हाम्रो,क्रान्ति-सँस्क्रितीको
स्वाभिमानी,आत्म-निर्भर् रक्षा प्रकृतिको !
गाउँ-गाउँ पूगोस् बत्ती,पानी,शिक्षा-घर!
बाटा बनून् फराँकिलो प्रेम-फलुन् तर!

जुनै देश चन्द्र-सूर्य उस्तै हुँदो रैछ
मन पनि खुशी हुने,दुखे रुँदो रैछ!
आपसको लगानी र हातेमालो काम
मेहनतको कमाई छ बाँडौ चारै ठाम!

हाम्रो परिवार ठूलो,भिन्न हुनुहुन्न !
भडुँवा को? चिन,बुझ भर गर्नु हुन्न!
जाति हामी धेरै-थरी,जात भिन्न भिन्न!
समानता,मिली-वरी दिनु-हुन्न छिन्न!

दाँया हेरौँ वायाँ हेरौँ, गरौँ सम्मान!
मूल-मन्त्र,नबिर्सौँ है,नेपालको गान!
पर्खाइ र फर्काइमा-खेल्यौँ लूकामारी
मिलौँ अब सबै,सधैँ उन्नतीको लागि!

जीर्ण मन्दिर भत्कदैँछन्-नयाँ थपिँदै छ!
भूइँचालोको के नै डर?हिमाल चर्कदैँछ?
स्वर्गद्वार-खुल्ने क्रम फुल बर्सदैँछ!
आशावादी जनताको विचार फर्कदैँछ!

कति गह्रौँ बोकी सक्यौँ,अझ कति भारी?
जानु पर्ने टाढा टाढा,हिमालको पारी
जाडो हुँदा-न्यानो बसौँ,मिली गुटुमुटु!
दु:ख भन्नु जीवन हो,देश हाम्रो मुटु!

तिम्रो हाम्रो जाने ठाँउ,छैन देश अर्को !
जता गए पनि आफ्नै आँउछ झझल्को
नदी बग्छे समुद्रमा,हिँउ बनी झर्छे!
गन्तब्य हो नेपाल हाम्रो,पूग्ने यौटै लक्ष!

ऐश्वर्य र सम्पदामा-सँस्कारको बास,
राम्रा राम्रा सपनाले,नाशै गरुन् त्राश!
गरीव र असहायको हात-थामी जाँउ!
नयाँ वर्ष उमंगमा नयाँ गीत गाँउ!

-अनन्तगोपाल रिसाल [12th April 2067]